Nidan Media

सार्वजनिक नीति तथा प्रत्यायोजित विधायन समितिको सभापतिमा पूजा चौधरी निर्वाचित

काठमाडौँ । सार्वजनिक नीति तथा प्रत्यायोजित विधायन समितिको सभापतिमा पूजा चौधरी निर्विरोध निर्वाचित भएकी छन् ।

मंगलबार सिंहदरबारमा बसेको समितिको बैठकले एमाले सांसद चौधरीलाई सभापतिमा चयन गरेको हो ।

बैठक गोपालकुमार बस्नेतको सभापतित्वमा बसेको थियो ।

ज्येष्ठ सदस्य बस्नेतले चौधरीलाई सभापतिमा चयन गर्ने एक मात्र प्रस्ताव पेस गरेका थिए, जुन सर्वसम्मतिले पारित भएको हो ।

निर्वाचित भएपछि चौधरीले देश र जनताको हितमा कानून तर्जुमा गर्दा संविधानको मर्मअनुसार अध्ययन, अनुसन्धान र निष्पक्षताका साथ जिम्मेवारी निर्वाह गर्ने प्रतिबद्धता व्यक्त गरेकी छन् ।

उनले कुनै आग्रहबिना सबैसँग समन्वय र सहकार्य गर्दै समितिको काम अघि बढाउने बताइन् ।

समितिले बैठकमार्फत नव-निर्वाचित सदस्यहरूलाई स्वागतसमेत गरेको छ ।

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.