Nidan Media

गुणाकर भट्ट बने राष्ट्रिय योजना आयोगको उपाध्यक्ष

काठमाडौँ । मन्त्रिपरिषद्ले राष्ट्रिय योजना आयोग को उपाध्यक्षमा डा. गुणाकर भट्ट लाई नियुक्त गरेको छ ।

मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले डा. भट्टलाई आयोगको उपाध्यक्षमा नियुक्त गर्ने निर्णय गरेको हो ।

सरकारको आर्थिक तथा विकास नीति निर्माणमा महत्वपूर्ण भूमिका रहने आयोगमा डा. भट्टको नियुक्तिलाई अर्थतन्त्र तथा योजनागत सुधारका दृष्टिले अर्थपूर्ण रूपमा हेरिएको छ ।

राष्ट्रिय योजना आयोगले देशको दीर्घकालीन विकास योजना तर्जुमा, नीतिगत समन्वय तथा विकास परियोजनाको प्राथमिकता निर्धारणमा प्रमुख भूमिका खेल्दै आएको छ ।

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.