काठमाडौँ। आज विश्व स्वास्थ्य दिवस मनाइँदै छ।
सन् १९४८ मा विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ)को स्थापना भएको दिन अप्रिल ७ लाई विश्व स्वास्थ्य दिवसका रुपमा मनाइने गरिन्छ ।
नेपालमा पनि विभिन्न जनचेतनामूलक कार्यक्रम गरी आज विश्व स्वास्थ्य दिवस मनाउन लागेको हो ।
स्वास्थ्य सेवामा सबैको पहुँच पुर्याउनुपर्ने आवश्यकतामा जोड दिँदै नेपालमा हरेक वर्ष विश्व स्वास्थ्य दिवस मनाउने गरिन्छ ।
संसारभर लाखौँ व्यक्तिको स्वास्थ्यको अधिकार खतरामा पर्दै गएको डब्ल्यूएचओको भनाइ छ ।
अत्याधिक कार्बन उत्सर्जनका कारण, जलवायु परिवर्तन भइरहेको छ । वायु प्रदूषणका कारण स्वच्छ हावा लिने व्यक्तिको अधिकार नै खोसिएको डब्ल्यूएचओले भनेको छ।
डब्ल्यूएचओका अनुसार भित्री तथा बाहिरी वायु प्रदूषणका कारण प्रत्येक ५ सेकेण्डमा एक व्यक्तिले ज्यान गुमाइरहेका छन् ।
विश्वका करिब एक सय ४० देशले स्वास्थ्यलाई अधिकारका रुपमा संविधानमा उल्लेख गरेको डब्ल्यूएचओ जनाएको छ ।
तर त्यसका लागि आवश्यक कानून निर्माण गर्न र कार्यान्वयनका लागि उदासिन देखिएको आरोप छ ।




