काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद मनिष झाले सदनमा सत्ता पक्ष बलियो हुँदै गर्दा दम्भ देखाउने भन्दा पनि उदारता, संस्कार र सिद्धान्त देखाउनुपर्ने बताएका छन् ।
सोमबार बसेको प्रतिनिधिसभाको बैठकमा बोल्दै उनले यस्तो बताएका हुन् ।
उनले यस पटकको सदनलाई दक्षिण एसियाकै सबैभन्दा उत्कृष्टको सज्ञा दिए।
रास्वपाले चुनावमा जाँदै गर्दा केवल मत माग्न होइन् , साउथ एसियाको बेष्ट प्रतिनिधिको कल्पना गरेर होमिएको भन्दै त्यो परिकल्पना पूरा भएको बताए । अब अभ्यास ,संस्कृति र सिद्धान्तको पालो आएको उनको भनाइ छ ।
उनले भने, ‘चुनावमा जाँदैगर्दा मतदातालाई भनेको थियौँ–हामी केवल मत माग्न आएको छैनौँ, साउथ एसियाको बेष्ट प्रतिनिधि सभाको कल्पना गरेर चुनावमा होमिएको छौं भनेर भनेका थियौँ। आज सदनमा सबै सहकर्मी वा सहयात्री र प्रतिनिधिसभा सदस्यहरुज्यूहरुलाई हेर्दा लाग्छ दक्षिण एसियाको उत्कृष्ट सदनको परिकल्पना जुन थियो त्यो पूरा भएको छ । अब अभ्यासको, संस्कृति र सिद्धान्तको पालो आएको छ ।’
यस्तै उनले यो भन्दा अगाडि सदन धेरैचोटी खुमलटार, बालुवाटार, बूढानीलकण्ठ र बालकोटको बन्दी भएर बसेको स्मरण गरे। अब सदन सिद्धान्तको हुनेगरी प्रस्तुत गर्ने पालो आएको उनको भनाइ छ ।





