काठमाडौँ। नेपाली बजारमा सोमबार सुनचाँदीको भाउ घटेको छ । गत बिहीबारदेखि स्थिर रहेको सुनको भाउ सोमबार घटेको हो।
आइतबारको तुलनामा सोमबार सुनको भाउ तोलामा दुई हजार छ सय र चाँदीको ५० रुपैयाँ घटेको हो ।
मूल्य घटेसँगै सोमबार छापावाला सुन प्रतितोला दुई लाख ९१ हजार चार सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी रत्न तथा आभूषण महासंघले जनाएको छ।
यसअघि आइतबार सुनको भाउ प्रतितोला दुई लाख ९४ हजार रुपैयाँ रहेको थियो ।
यता, आइतबार प्रतितोला चार हजार आठ सय ३० रुपैयाँ रहेको असली चाँदीको भाउ सोमबार घटेर चार हजार सात सय ८० रुपैयाँ कायम भएकोे महासंघले जनाएको छ।
सुनचाँदीको मूल्य हालसम्मकै उच्च गत माघ १५ गते भएको थियो । माघ १५ गते सुन प्रतितोला तीन लाख ३९ हजार तीन सय र चाँदी सात हजार पाँच सय पाँच रुपैयाँमा कारोबार भएको थियो ।
अन्तर्राष्ट्रिय बजारमा आएको उतारचढाव तथा माग-आपूर्तिको अवस्थाले स्थानीय बजारमा मूल्य घटबढ हुने गरेको बजार विश्लेषकहरूको दाबी छ ।





