Nidan Media

पोखरामा दुई लाख २३ हजार नगदसहित आठ जुवाडे पक्राउ

पोखरा । जिल्ला प्रहरी कार्यालय कास्कीले आठ जना जुवाडेलाई नगदसहित पक्राउ गरेको छ।

पोखरा महानगरपालिका वडा नं १४ चाउथेस्थित एक घरमा जुवातास खेलिरहेको भन्ने सूचनाका आधारमा खटिएको टोलीले शनिबार साँझ करिब ६ बजे उनीहरूलाई पक्राउ गरेकाे कास्की प्रहरी प्रवक्ता डीएसपी हरिबहादुर बस्नेतले जानकारी दिए।

पक्राउ परेकाहरूको साथबाट दुई लाख २३ हजार ५०० नगद र चार बुक तास बरामद भएको प्रहरीले जनाएको छ।

डीएसपी बस्नेतका अनुसार पक्राउ परेकाविरुद्ध सार्वजनिक हित, स्वास्थ्य, सुरक्षा, सुविधा तथा नैतिकतासम्बन्धी कसुरअन्तर्गत अदालतबाट पाँच दिन म्याद थप गरी मुद्दा दर्ता गरेर अनुसन्धान प्रक्रिया अघि बढाइएको छ।

पक्राउ पर्नेको नाम भने प्रहरीले सार्वजनिक गरेको छैन ।

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.