Nidan Media

सङ्घीय संसद्का दुवै सदनको बैठक आज, महत्वपूर्ण अध्यादेश र उपाध्यक्षको निर्वाचन एजेन्डा

काठमाडौँ । सङ्घीय संसद्अन्तर्गतका दुवै सदन प्रतिनिधि सभा र राष्ट्रिय सभाको बैठक आज बस्दैछ।

प्रतिनिधि सभाको बैठक दिउँसो १ बजेका लागि तय गरिएको छ भने राष्ट्रिय सभाको बैठक मध्याह्न १२:१५ बजे सिंहदरबारमा बस्ने संसद् सचिवालयले जनाएको छ।

प्रतिनिधि सभाको कार्यसूची

आजको प्रतिनिधि सभा बैठकमा गृहमन्त्री सुधन गुरुङले तीन ओटा महत्वपूर्ण अध्यादेश स्वीकृत गरियोस् भन्ने प्रस्ताव प्रस्तुत गर्ने सम्भावित कार्यसूची रहेको छ।

ती अध्यादेशहरूमा ‘मतदाता नामावली (पहिलो संशोधन) अध्यादेश २०८२’, ‘प्रतिनिधि सभा सदस्य निर्वाचन (पहिलो संशोधन) अध्यादेश २०८२’ र ‘नेपाल विशेष सेवा (दोस्रो संशोधन) अध्यादेश २०८२’ रहेका छन्।

पद्मप्रसाद पाण्डेयका अनुसार यी प्रस्तावहरूमाथि आजै सदनमा छलफल हुने कार्यतालिका छ।

राष्ट्रिय सभाको कार्यसूची

राष्ट्रिय सभाको बैठकमा आज उपाध्यक्ष पदको निर्वाचन प्रक्रिया अघि बढाइनेछ।

बैठकमा राष्ट्रिय सभा सदस्य प्रेमप्रसाद दङ्गालले लिलाकुमारी भण्डारीलाई उपाध्यक्ष पदमा निर्वाचित गरियोस् भन्ने प्रस्ताव प्रस्तुत गर्ने कार्यक्रम रहेको छ।

यसैगरी, प्रधानमन्त्री वालेन्द्र साहले राष्ट्रिय मानवअधिकार आयोगको आर्थिक वर्ष २०८०/०८१ को २४औँ वार्षिक प्रतिवेदन सभासमक्ष पेस गर्ने कार्यसूचीसमेत तय गरिएको छ।

नयाँ सभामुख चयनसँगै संसदीय प्रक्रियाले गति लिन थालेको अवस्थामा आजका बैठकहरूलाई राजनीतिक वृत्तमा विशेष चासोका साथ हेरिएको छ।

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.