सर्वे भवन्तु सुखिनः सर्वे सन्तु निरामयाः ।
सर्वे भद्राणि पश्यन्तु मा कश्चिद् दुःख भाग्भवेतः ।।
ॐ शान्तिः शान्तिः शान्तिः
आजको पञ्चाङ्ग
मिति २०८२ चैत २३ गते सोमबार, इस्वीसंवत अप्रिल ६ तारिक सन् २०२६, श्रीशाके १९४७, नेपाल संवत् ११४६, सिद्धार्थीनामको संवत्सरः, सूर्य पृथ्वीको उत्तरी गोलार्द्धमा छन्। वसन्त ऋतु चलिरहेको छ। चान्द्रमान अनुसार वैशाखकृष्णपक्ष चलिरहेको छ । सौरमान अनुसार आज वैशाखकृष्णपक्षको चतुर्थी तिथि दिनमा १२ः३१ बजेसम्म त्यसपछि पञ्चमी तिथि लाग्नेछ। नक्षत्रमा अनुराधा रातिमा १ः२८ बजेसम्म त्यसपछि ज्येष्ठा नक्षत्र लाग्नेछ । विष्कुम्भादि योगमा सिद्धि २१ घटि १५ पलासम्म त्यसपछि व्यतिपात योग लाग्नेछ । करणमा कौलव रहनेछ । आनन्दादि योगमा मानस रहनेछ ।
सूर्य मीन राशिमा, चन्द्रमा वृश्चिक राशिमा रहनेछ । आज दिनमान ३१ घटि २० पला अर्थात १२ घण्टा ३४ मिनेटको रहनेछ । आज सूर्योदय काठमाडौँ केन्द्र विन्दुमा रही बिहानमा ५ः५० बजे मित्र मुहूर्तमा हुनेछ भने सूर्यास्त साँझमा ठीक ६ः२३ बजे हुनेछ । यस्तै, चन्द्रमा उदाउने रातिमा १०ः२९ बजे र अस्ताउने समय भोलि बिहानमा ७ः५९ बजे रहेको छ ।
आजको राशिफल
मेषः आजको दिन निकै उत्साहजनक रहनेछ। पुराना वैचारिक मतभेदहरू हटेर जानेछन् । आपसी विश्वासमा वृद्धि हुनेछ। नयाँ लगानीका अवसरहरू प्राप्त हुनेछन्। पारिवारिक जीवनमा सुख र शान्तिको वातावरण रहनेछ। घरका सदस्यहरूबीच आपसी सहयोग र सद्भाव बढ्नेछ। अभिभावकको स्वास्थ्यमा सुधार आउनाले मन प्रशन्न रहनेछ । आज जुनसुकै काम गरे पनि सुखका साथ सम्पन्न गर्न सकिनेछ ।
वृषः आज सानातिना कुरामा जिद्दी गर्नाले जीवनसाथीसँग दूरी बढ्न सक्नेछ। घरका सदस्यहरूको अपेक्षा पूरा गर्न कठिन हुँदा मानसिक तनाव बढ्न सक्छ। मौसमी प्रतिकूलताको स्वास्थ्यमा प्रभाव पर्न सक्छ। यात्रा गर्दासामानको सुरक्षामा विशेष ध्यान दिनुहोला। अनावश्यक भ्रमणले समय र पैसाको बर्बादी मात्र गराउन सक्छ । वैदेशिक रोजगारी वा अध्ययनका लागि तयारी गरिरहनुभएका व्यक्तिहरूका लागि आज महत्वपूर्ण अवसर मिल्न सक्नेछ।
मिथुनः आर्थिक दृष्टिले आजको दिन अत्यन्तै सफल रहनेछ। नयाँ व्यापारिक सम्झौता वा साझेदारीबाट ठूलो लाभ हुने सम्भावना छ। पारिवारिक सुखमा वृद्धि हुनेछ। घरमा कुनै मांगलिक कार्य हुन सक्छ। आफन्त र इष्टमित्रसँगको भेटघाटले मनलाई प्रफुल्लित बनाउनेछ। सन्तानको प्रगतिले परिवारमा खुसीको सञ्चार गर्नेछ लामो दुरीको यात्राको सम्भावना छ। तर यात्राका क्रममा खानपान र धनमालको सुरक्षामा चनाखो हुनुपर्नेछ।
कर्कटः आज प्रेम र दाम्पत्य जीवनमा नयाँ आयाम थपिनेछ। आर्थिक पक्षमा आज निकै प्रगति हुनेछ। पैतृक सम्पत्तिको विवाद टुङ्गिने र त्यसबाट लाभ मिल्ने योग छ। सरकारी क्षेत्रबाट रोकिएका भुक्तानी आज प्राप्त हुन सक्नेछ। आमाबुबाको आशिर्वादले तपाईंको आत्मविश्वास बढाउनेछ। स्वास्थ्य पनि भरपर्दो रहने ज्योतिष वैज्ञानिक दृष्टिकोणमा देखिन्छ। व्यावसायिक सफलताका लागि गरिने यात्रा सुखद् रहनेछ।
सिंहः आज प्रेम जीवनमा केही उतारचढावको सामना गर्नुपर्नेछ। जीवनसाथीकै व्यवहारले अन्योलता सिर्जना गर्न सक्छ । आर्थिक व्यवस्थापनमा अलि बढी ध्यान दिनु आवश्यक छ। पारिवारिक वातावरण मध्यम रहनेछ। घरका सदस्यहरूसँग सानो कुरामा पनि विवाद हुन सक्ने भएकाले आफ्नो वाणीमा नियन्त्रण राख्नुहोला। स्वास्थ्यमा पेट सम्बन्धी समस्या आउन सक्छ। आज यात्रा गर्दै हुनुहुन्छ भने विशेष सतर्कता अपनाउनुहोला।
कन्याः आज आर्थिक लाभका धेरै बाटाहरू खुल्नेछन्। मिहिनेत अनुसारको पारिश्रमिक र बोनस प्राप्त हुने योग पनि छ। व्यावसायिक क्षेत्रमा तपाईंको कामको प्रशंसा हुनुका साथै नयाँ जिम्मेवारी मिल्न सक्ने देखिन्छ। पारिवारिक जीवनमा निकै खुसीको सञ्चार हुनेछ। दाजुभाइ र दिदीबहिनीसँगको सम्बन्धमा थप प्रगाढता आउनेछ। कुनै सामाजिक वा धार्मिक कार्यमा परिवारसहित सहभागी हुने अवसर मिल्नेछ।
तुलाः आज पुराना कुराले प्रेम सम्बन्धमा तिक्तता ल्याउन सक्नेछ । शेयर बजारमा थोरै जोखिम मोल्नु फाइदाजनक हुन सक्छ। आर्थिक योजनाहरूलाई गोप्य राख्नुहोला। घरका ज्येष्ठ सदस्यको स्वास्थ्यमा केही समस्या देखिन सक्ने देखिन्छ । आज तपाइँको धैर्यता र शान्त स्वभावले घरको वातावरण सन्तुलित राख्नेछ। वैदेशिक यात्राको सिलसिलामा हुनुहुन्छ भने आज केही ढिलाइ हुन सक्नेछ ।
वृश्चिकः आजको दिन निकै शुभ छ। उपहार र मिठो कुराकानीले दिनलाई थप विशेष बनाउनेछ। जलविद्युत क्षेत्रमा गरिएको लगानीबाट मनग्य लाभ हुनेछ । नयाँ व्यवसाय शुरु गर्न चाहनेहरूका लागि आजको समय निकै अनुकूल छ। आफन्तसँग भेटघाट हुँदा पारिवारिक वातावरण खुसीयाली हुनेछ। सन्तानको सफलताले तपाईंको शिर गर्वले उच्च हुनेछ। स्वास्थ्यमा उल्लेख्य सुधार आउनेछ। ऋाज धार्मिक वा तीर्थयात्राको योग रहेको छ।
धनुः आज सोचेजस्तो धन लाभ नहुँदा केही निराशा हुन सक्छ । आज अनावश्यक ऋण नलिनुहोला र पैसाको कारोबार गर्दा लिखित सम्झौता अनिवार्य गर्नुहोला। घरका सदस्यहरू आआफ्ना काममा व्यस्त हुनेछन्, जसले गर्दा तपाइँले एक्लो महसुस गर्नुपर्नेछ। छिमेकी वा आफन्तसँगको सम्बन्धमा सचेत रहनुहोला। यात्राको तालिकामा केही फेरबदल हुन सक्छ, त्यसका लागि मानसिक रूपमा तयार रहनुहोला। खनपानमा विशेष ध्यान दिन आवश्यक छ
मकरः आज आफ्नो भविष्यको बारेमा गम्भीर कुराकानी गर्न सक्छन्। मेसिनरी, प्रविधि वा हार्डवेयर क्षेत्रका व्यवसायीले ठूलो लाभ पाउनेछन् । नयाँ कार्यको शुरुवात गर्नका लागि आर्थिक स्रोत जुट्नेछ, जसका लागि पारिवारिक सद्भाव र समन्वय राम्रो रहनेछ। घरमा कुनै धार्मिक अनुष्ठान वा पूजापाठ हुन सक्छ। बुबा वा घरका ज्येष्ठ सदस्यको मार्गदर्शनले तपाईंको कार्यक्षेत्रमा सहजता ल्याउनेछ। शारीरिक रूपमा निकै ऊर्जावान् महसुस गर्नुहुनेछ।
कुम्भः आज आर्थिक लेनदेनमा आज निकै सावधानी अपनाउनुहोला। जग्गा जमिन वा शेयर बजारमा ठूलो लगानी गर्नुअघि विशेषज्ञको परामर्श लिनुहोला। नत्र पारिवारिक वातावरणमा केही तनाव हुन सक्छ। घरका साना सदस्यहरूको जिद्दीले केही समस्या ल्याउन सक्छ। प्राकृतिक वातावरणमा समय बिताउनाले मानसिक शान्ति र शारीरिक स्फूर्ति मिल्नेछ। यात्रामा जानुअघि सबै आवश्यक सामान र कागजातहरूको ख्याल गर्नुहोला।सवारी साधन चलाउँदा पूर्ण ध्यान दिनुहोला।
मीनः आज सोचेभन्दा बढी धन लाभ हुने योग रहेको छ। विशेषगरी वैदेशिक व्यापार वा आयात–निर्यातको काम गर्नेहरूलाई ठूलो मुनाफा हुनेछ। नयाँ लगानीका योजनाहरू सफल हुनेछन् । आज गरिएको दान–पुण्यले मानसिक शान्ति दिनेछ भने पारिवारिक सुखमा वृद्धि हुनेछ। सामाजिक कार्यमा सक्रियता बढ्नेछ र तपाईंको नेतृत्वको प्रशंसा हुनेछ। सन्तानको पक्षबाट सुखद समाचार प्राप्त हुनाले परिवारमा खुसीको माहौल रहनेछ। स्वास्थ्य अवस्था उत्तम रहनेछ।
साइत (यात्रा): सूर्य मीन राशिमा, चन्द्रमा वृश्चिक राशिमा रहनेछ । त्यसैले उत्तर र पश्चिमबाहेक अन्य दिशाको यात्रा नगर्नुहोला । आज सोमबार परेकाले पूर्वको यात्रा गर्दै नगर्नुहोला । आज पूर्व र दक्षिणतर्फको यात्रा बाध्यताबश गर्नैपरेको छ भने धार्मिक उपाय अपनाएर शुभ बेलामा गर्दा राम्रो हुनेछ ।
शुभ लाभादि बेला (दिवा)
बिहान ५ः५२ बजेदेखि ७ः२६ बजेसम्म अमृत बेला
बिहान ७ः२६ बजेदेखि ८ः५९ बजेसम्म काल बेला
बिहान ८ः५९ बजेदेखि १०ः३३ बजेसम्म शुभ बेला
बिहान १०ः३३ बजेदेखि १२ः०७ बजेसम्म रोग बेला
मध्यान्हमा १२ः०७ बजेदेखि १ः४० बजेसम्म उद्धेग बेला
दिनमा १ः४० बजेदेखि ३ः१४ बजेसम्म चर बेला
दिनमा ३ः१४ बजेदेखि ४ः४८ बजेसम्म लाभ बेला
दिनमा ४ः४८ बजेदेखि ६ः२२ बजेसम्म अमृत बेला
शुभ लाभादि बेला (रात्रि)
साँझ ६ः२२ बजेदेखि ७ः४८ बजेसम्म काल बेला
साँझ ७ः४८ बजेदेखि ९ः१४ बजेसम्म शुभ बेला
राति ९ः१४ बजेदेखि १०ः४० बजेसम्म रोग बेला
राति १०ः४० बजेदेखि १२ः०६ बजेसम्म उद्धेग बेला
राति १२ः०६ बजेदेखि १ः३२ बजेसम्म चर बेला
राति १ः३२ बजेदेखि २ः५९ बजेसम्म लाभ बेला
रातिमा २ः५९ बजेदेखि ४ः२५ बजेसम्म अमृत बेला
रातिमा ४ः२५ बजेदेखि ०५ः५१ बजेसम्म काल बेला
यसमा चर भन्दा शुभ, शुभ भन्दा लाभ राम्रो, लाभ भन्दा अमृत सबैभन्दा राम्रो मानिन्छ । त्यसैले जे काम गर्दा पनि शुभ, लाभ र अमृत बेला पार्नुहोला ।
राहुकाल समयः बिहानमा ७ः३० देखि ९ः०० बजेसम्म राहुकाल अर्थात सबैभन्दा खराब समय रहनेछ । यो समय भित्र यात्रा, लेनदेन, ठूलो लगानी, नयाँ निर्णय केही पनि गर्नु परिणाम राम्रो हुँदैन ।
नोटः यो पञ्चांगको सूर्योदय, सूर्यास्त, तिथि, नक्षत्र, योग, करण आदिमा उल्लिखित समयादि काठमाडौं, नेपालको अक्षांश २७ः४२ उत्तर तथा देशान्तर ८५ः१८ पूर्व र नेपालको निर्धारित राष्ट्रिय समयलाई आधार मानी सूर्यसिद्धान्तको प्रयोग गरी गणना गरिएको हो, साथै राशिफल लेख्दा चन्द्रमाको दैनिक गति, चन्द्रमामा पर्ने शनि एवं बृहस्पतिको दृष्टि, वेदस्थान र विपरीत वेदस्थान समेतको गणना गरिएको छ ।





