पोखरा । पोखराको गणेशटोलस्थित फेवा शिक्षा सदनका ५० जना विद्यार्थी दीक्षित भएका छन् ।
विद्यालयले शनिबार दीक्षान्त समारोह आयोजना गरेर यूकेजीका विद्यार्थीलाई दीक्षित गरेको हो ।
विद्यालयका प्राचार्य अचुत पाण्डे र इसीइसी पोखराका निर्देशक प्रदीप पराजुलीले कार्यक्रम उद्घाटन गरेका थिए ।
विद्यालयका प्राचार्य अचूत पाण्डेले विद्यालयले न्यून शुल्कमा मन्टेश्वरी स्तरको पढाइ सञ्चालन गरेको उल्लेख गरे ।
विद्यार्थीले मनोरञ्जतात्मक तरिकाले खेल्दै पढ्दै गर्दा पढाइ सँगसँगै अन्य कुरा पनि सिक्ने गरेको उनले बताए ।
यस्तो अवधारणाबाट विद्यार्थीको शारीरिक र मानसिक विकासमा सहयोग पुगेको उनको भनाइ छ ।
इसीइसी पोखराका निर्देशक पराजुलीले वातावरणले विद्यार्थीले पढ्ने र सिक्ने प्रक्रियामा असर पर्ने भएकाले फेवा शिक्षा सदनमा बालमैत्री वातावरण रहेको उल्लेख गरे ।
विद्यालयका सहप्राचार्य प्रमोद पाण्डेले विद्यालयले विद्यार्थीहरुलाई संस्कारसहितको शिक्षा प्रदान गर्न लागि परेको जिकिर गरे ।





