काठमाडौँ। कालिन्चोक हाइड्रोपावर लिमिटेडले आजदेखि सर्वसाधारणका लागि आईपीओ (प्रारम्भिक शेयर निष्काशन) खुला गरेको छ।
कम्पनीले यसअघि आयोजना प्रभावित स्थानीय बासिन्दा र वैदेशिक रोजगारीमा रहेका नेपालीहरूलाई शेयर बाँडफाँड गरिसकेको छ।
नेपाल धितोपत्र बोर्डबाट अनुमति पाएको कुल १३ लाख ७५ हजार कित्ता शेयरमध्ये केही हिस्सा प्रभावित क्षेत्र र वैदेशिक रोजगारीमा रहेका नेपालीलाई वितरण भइसकेको छ।
बाँकी शेयरमध्ये ४१ हजार २५० कित्ता सामूहिक लगानी कोष, १६ हजार ५०० कित्ता कर्मचारीका लागि सुरक्षित गरिएको छ। यसरी लाख ८४ हजार ७५० कित्ता शेयर सर्वसाधारणका लागि खुला गरिएको कम्पनीले जनाएको छ।
लगानीकर्ताले न्यूनतम १० कित्ता देखि अधिकतम १० हजार कित्ता सम्म आवेदन दिन सक्नेछन्। आवेदन दिनको अन्तिम मिति चैत २५ गते तोकिएको छ।
आईपीओको निष्काशन र बिक्री प्रबन्धक आरबिबि मर्चेन्ट बैंकिङ्ग लिमिटेड रहेको छ। आवेदन सीडीएस एण्ड क्लियरिङ लिमिटेडको ‘मेरो शेयर’ प्रणाली वा सि-आस्बा सदस्य बैंक र वित्तीय संस्थाहरू मार्फत गर्न सकिनेछ।





