Nidan Media

कास्कीको मिजुरेडाँडा केन्द्रबिन्दु बनाएर गयो भूकम्प

काठमाडौँ। कास्कीको मिजुरेडाँडा केन्द्रबिन्दु बनाएर आज बिहान भूकम्प गएको छ।

आज बिहान ८ः३४ बजे गएको उक्त भूकम्पको तीव्रता ३दशमलव५ रेक्टरस्केलको रहेको राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रले जनाएको छ।

कम तीव्रताको भएकाले भूकम्पबाट कुनै मानवीय वा भौतिक क्षतिको विवरण प्राप्त भएको छैन।

तर यसको धक्का कास्की जिल्लासहित आसपासका जिल्लामा समेत महसुस गरिएको थियो।

सामान्य प्रकृतिको यस्ता भूकम्प नेपालजस्तो भूकम्पीय जोखिमयुक्त देशमा बेलाबेला भइरहने भएकाले सर्वसाधारणलाई सतर्क रहन विज्ञहरूले सुझाव दिएका छन्।

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.