Nidan Media

आज प्रतिनिधि सभाले नयाँ सभामुख पाउँदै, डीपी अर्याल सभामुख बन्दै

काठमाडौँ। सङ्घीय संसद्अन्तर्गत आज दुवै सदनको बैठक बस्दैछ।

सिंहदरबारस्थित निर्माणाधीन सङ्घीय संसद् भवनको बहुउद्देश्यीय हलमा आज बिहान ११ बजे प्रतिनिधिसभाको बैठक बस्नेछ।

आजको बैठकमा सभामुख पदमा डोलप्रसाद (डीपी) अर्याललाई निर्वाचित गरियोस् भन्ने प्रस्ताव पेस हुने कार्यसूची छ।

राष्ट्रिय स्वतन्त्र पार्टीका उपसभापति अर्यालको सभामुख पदमा एकल उम्मेद्वारी परेको छ।

प्रतिनिधि सभा बैठकबाट उनी निर्वाचित भएको औपचारिक घोषणा हुने अपेक्षा गरिएको छ।

यस्तै, राष्ट्रियसभा को बैठक दिउँसो सवा १२ बजे बस्नेछ। बैठकमा सभाध्यक्षले विषयगत समितिका सदस्यहरूको नाम मनोनयन तथा हेरफेर गर्नेछन्।

साथै अध्यक्ष तथा उपाध्यक्षको अनुपस्थितिमा बैठक सञ्चालन गर्ने सदस्यहरूको नाम पनि मनोनयन गरिनेछ।

कार्यसूचीअनुसार प्रधानमन्त्री बालेन्द्र शाहले राष्ट्रिय महिला आयोग को आर्थिक वर्ष २०८१/८२ को वार्षिक प्रतिवेदन पेस गर्ने कार्यक्रम रहेको बताइन्छ।

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.