काठमाडौँ । नेपाली बजारमा साताको अन्तिम दिन शुक्रबार सुनको भाउ स्थिर रहेको छ भने चाँदीको भाउ बढेको छ।
बिहीबार छापावाला सुनको भाउ प्रतितोला दुई लाख ९४ हजारमा कारोबार भएकामा शुक्रबार पनि सोही मूल्यमा कारोबार भइरहेको नेपाल सुन चाँदी रत्न तथा आभूषण महासंघले जनाएको छ ।
यता, बिहीबार प्रतितोला चार हजार सात सय ८० रुपैयाँमा कारोबार भएको असली चाँदीको भाउ शुक्रबार तोलामा ५० रुपैयाँ बढेर चार हजार आठ सय ३० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।
सुनचाँदीको मूल्य हालसम्मकै उच्च गत माघ १५ गते भएको थियो । माघ १५ गते सुन प्रतितोला तीन लाख ३९ हजार तीन सय र चाँदी सात हजार पाँच सय पाँच रुपैयाँमा कारोबार भएको थियो ।
अन्तर्राष्ट्रिय बजारमा आएको उतारचढाव तथा माग–आपूर्तिको अवस्थाले स्थानीय बजारमा मूल्य घटबढ हुने गरेको बजार विश्लेषकहरूको दाबी छ ।




