काठमाडौँ । गृहमन्त्री सुधन गुरुङले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको अनुगमन गर्दै सेवाग्राहीलाई कुनै पनि प्रकारको असुविधा नपरोस् भन्ने सुनिश्चित गर्न सम्बन्धित कर्मचारीलाई निर्देशन दिइएका छन् ।
उनले बिहीबार साँझको समयमा आफ्नो टोलीसहित विमानस्थल अनुगमन गरेर कर्मचारीलाई यस्तो निर्देशन दिएका हुन्।
पटक-पटक सर्वसाधारणबाट आएको गुनासो र असुविधालाई मध्यनजर गर्दै मन्त्री गुरुङ विमानस्थल अनुगमनमा पुगेका थिए।
अनुगमनका क्रममा गृहमन्त्री गुरुङले उनले विदेशबाट फर्किने नागरिकले विमानस्थलमै दुःख भोग्न नपरोस् भन्नेमा जोड दिँदै यस्तो गुनासो दोहोरिन नदिन सचेत गराएका छन् ।
साथै, सामान्य लत्ताकपडा र व्यक्तिगत प्रयोगका सामानमा अनावश्यक जाँच नगरी सेवाग्राहीलाई सहजता प्रदान गर्नसमेत निर्देशन एका छन् ।




