काठमाडौँ । नेपाली कांग्रेसले जेनजी आन्दोलनसँग सम्बन्धित घटनाको अध्ययनका लागि गठन गरेको समितिलाई पूर्णता दिएको छ।
पार्टीले बिहीबार जारी गरेको प्रेस विज्ञप्तिअनुसार २०८२ भदौ २३ र २४ गते भएको आन्दोलनबारे गठित अध्ययन समितिलाई सात दिनभित्र प्रतिवेदन बुझाउन निर्देशन दिइएको छ।
उक्त समितिले गौरीबहादुर कार्कीको अध्यक्षतामा बनेको जाँचबुझ आयोगले नेपाल सरकारसमक्ष पेश गरेको प्रतिवेदनको अध्ययन गरी सुझावसहित आफ्नो निष्कर्ष बुझाउनेछ।
समितिको संयोजकमा वरिष्ठ अधिवक्ता यदुनाथ खनाल छन्। सदस्यहरूमा पूर्व न्यायाधीश कृष्णप्रसाद पौडेल, अधिवक्ता विनोद कार्की, अधिवक्ता रामचन्द्र गौतम तथा युवा अभियन्ता यजश्वी राई रहेका छन्।
पार्टीले आन्दोलनसँग सम्बन्धित घटनाको वस्तुगत अध्ययन गरी थप धारणा बनाउन समितिलाई जिम्मेवारी दिइएको जनाएको छ।




