Nidan Media

एमसीसी असमान र राष्ट्रघाती व्यापारिक सम्झौता भएकाले खारेज गर्नुपर्छ: हर्कराज राई

काठमाडौँ। प्रतिनिधि सभा सांसद एवं श्रम संस्कृति पार्टीका अध्यक्ष हर्कराज राईले अमेरिकी सहायता परियोजना (एमसीसी) खारेज गर्नुपर्ने माग उठाएका छन्।

बिहीबार प्रतिनिधि सभाको बैठकमा बोल्दै उनले एमसीसी सन्धीलाई असमान र राष्ट्रघाती व्यापारिक सम्झौता भएको भन्दै त्यसलाई खारेज गर्नु आवश्यक रहेको बताए।

उनले यस सन्धीले देशको स्वाधीनता र असंलग्न परराष्ट्र नीति माथि असर पुर्‍याउने तर्कसमेत राखे।

सांसद राईले भने, “सैन्य रणनीति उद्देश्यका साथ शुरू गरिएको असमान राष्ट्रघाती व्यापारिक सन्धी एमसीसी खारेज गर्नुपर्छ। यो कदमले हाम्रो देशको स्वाधीनता र राष्ट्रिय पहिचान सुरक्षित राख्न मद्दत गर्नेछ।”

उनले समय व्यवस्थापन र जनताको मागप्रति गम्भीर ध्यान दिनुपर्नेमा पनि जोड दिँदै प्रत्येक मिनेटको महत्व सदन, सरकार र सांसदहरूले बुझ्नुपर्ने बताए।

उनले आफ्नो ढिलाइलाई सुधार गर्दै समयको सदुपयोग गर्नुपर्ने आवश्यकतामा जोड दिए।

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.