Nidan Media

आज मनाइँदै विश्व अटिजम जागरुकता दिवस

काठमाडौँ। आज विश्व अटिजम जागरुकता दिवस । संयुक्त राष्ट्रसङ्घको आह्वानमा अटिजम भएका व्यक्तिहरूको अधिकार र सम्मान सुनिश्चित गर्न प्रत्येक वर्ष अप्रिल २ तारेखमा विश्व अटिजम जागरूकता दिवस मनाउने गरिएको छ ।

सन् २००७ देखि मनाइने यो दिवसले अटिजम भएका व्यक्तिहरूको मानवअधिकार र मौलिक स्वतन्त्रताका उपभोगमा समाजका सबै वर्गले भूमिका खेल्नुपर्ने महत्वपूर्ण सन्देश दिने गरेको छ ।

विश्वभरका विभिन्न देशहरूले यस दिनलाई महत्वपूर्ण मान्दै जागरूकता कार्यक्रमहरू आयोजना गर्दै आएका छन् जसले अटिजम भएका व्यक्तिहरूसँग सहानुभूति, समझदारी र सहयोगको वातावरण सृजना गर्न समाजलाई प्रेरित गर्छ ।

नेपालमा पनि अटिजम भएका व्यक्तिहरूका अधिकार र उनीहरूको विकासका लागि विभिन्न संघ संस्थाहरू र सरकारी निकायहरूले कदम चालेका छन् ।

यस दिन विभिन्न कार्यक्रमहरूको माध्यमबाट अटिजमको लक्षण र यसको उपचारको बारेमा जानकारी दिने, साथै सामाजिक समावेशिता र समान अवसरको महत्वलाई प्रमुखता दिइएको छ ।

यस अवसरमा, सरकार, सम्बन्धित संस्थाहरू र नागरिक समाजका सबै वर्गले अटिजम भएका व्यक्तिहरूसँग सहकार्य गर्दै उनीहरूको जीवनस्तर उकास्ने र सम्मानजनक जीवन यापन गर्न सघाउन प्रतिबद्धता जनाएका छन् ।

यस दिवसको मुख्य उद्देश्य समाजमा एकता र समानता ल्याउनु नै हो । विश्व स्वास्थ्य संगठनका अनुसार एक सय जना बालबालिकामध्ये एक जनामा अटिजम हुने गरेको छ ।

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.