Nidan Media

हवाई इन्धनको मूल्य दोब्बर भएसँगै उडान र हेलिकप्टर भाडा स्वतः बढ्ने

काठमाडौँ । आन्तरिक हवाई इन्धनको मूल्य दोब्बर वृद्धि भएपछि वायुसेवा कम्पनीहरूले उडान तथा हेलिकप्टर भाडा दर स्वतः समायोजन गरेका छन् ।

नेपाल आयल निगमले बुधबारदेखि लागू हुने गरी हवाई इन्धनको मूल्य प्रतिलिटर एक हजार २४० रुपैयाँबाट बढाएर दुई हजार ५११ रुपैयाँ कायम गरेको छ ।

इन्धन मूल्यमा भएको उल्लेख्य वृद्धिपछि वायुसेवा सञ्चालक संघका सदस्य कम्पनीहरूले भाडा दर समायोजन गरेका हुन् ।

संघका प्रवक्ता मुरलीधर जोशीका अनुसार इन्धनको मूल्य बढ्दा वा घट्दा भाडा दर तत्कालै समायोजन गर्ने अभ्यास रहेको छ ।

संघले मूल्य वृद्धिका कारण यात्रुहरूमा पर्न सक्ने असुविधाप्रति क्षमायाचना समेत गरेको छ ।

यात्रुहरूले नयाँ भाडा दरबारे सम्बन्धित एयरलाइन्सका टिकट काउन्टर वा आधिकारिक वेबसाइटमार्फत जानकारी लिन सक्ने जनाइएको छ ।

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.