Nidan Media

एसईई परीक्षा बिहीबारबाट, पाँच लाख १२ विद्यार्थी सहभागी हुँदै

काठमाडौँ। यसवर्षको एसईई परीक्षा बिहीबारबाट शुरू हुँदैछ ।

यस वर्षको एसईई परीक्षामा देशभरबाट पाँच लाख भन्दा बढी विद्यार्थी सहभागी हुने राष्ट्रिय परीक्षा बोर्डले जनाएको छ ।

यस वर्षको परीक्षामा देशभरबाट पाँच लाख १२ हजार ४२१ जना विद्यार्थी सहभागी बोर्डले जनाएको छ ।

जसमध्ये टेक्निकलबाट १६ हजार ३१२ जनाले परीक्षा दिन लागेका छन् भने पार्सियलमा २६४ जनाले परीक्षा दिन लागेका छन् ।

राष्ट्रिय परीक्षा बोर्डका अनुसार बिहान ८ बजे ७७ ओटै जिल्लाका दुई हजार ३६ परीक्षा केन्द्रबाट एकैसाथ शान्तिपूर्ण रुपमा परीक्षा भएको छ ।

यस वर्षको माध्यमिक शिक्षा परीक्षा (एसईई)मा गण्डकी प्रदेशमा ४३ हजार तीन सय ५५ विद्यार्थी सहभागी हुने भएका छन्।

सामाजिक विकास, युवा तथा खेलकुद मन्त्रालयअन्तर्गतको शिक्षा विकास महाशाखा पोखराका अनुसार प्रदेशका ११ जिल्लाबाट नियमित, प्राविधिक तथा ग्रेडवृद्धि समूहका विद्यार्थीहरू परीक्षामा सहभागी हुन लागेका हुन्।

जिल्लागत विवरणअनुसार कास्कीमा सबैभन्दा धेरै १० हजार आठ सय ४३ तथा सबैभन्दा कम मनाङमा ३४ र मुस्ताङमा एक सय ८६ जना विद्यार्थी एसईईमा सहभागी हुनेछन्।

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.