काठमाडौँ । नेपाली बजारमा बुधबार पनि सुनचाँदीको मूल्यमा भारी वृद्धि भएको छ ।
मंगलबारको तुलनामा बुधबार सुनको भाउ तोलामा सात हजार चार सय र चाँदीको भाउ सय रुपैयाँ बढेको हो ।
मूल्य बढेसँगै बुधबार छापावाला सुनको भाउ प्रतितोला दुई लाख ९७ हजार छ सय रुपैयाँ पुगेको नेपाल सुनचाँदी रत्न तथा आभूषण महासंघले जनाएको छ।
यसअघि मंगलबार सुनको भाउ प्रतितोला दुई लाख ९० हजार दुई सय रुपैयाँ रहेको थियो।
सोमबार प्रतितोला दुई लाख ८३ हजार पाँच सय रुपैयाँमा कारोबार भएको सुन दुई दिन मंगलबार र बुधबार दुई दिनमा १४ हजार एक सय रुपैयाँ बढेको हो।
यता, मंगलबार प्रतितोला चार हजार आठ सय ४५ रुपैयाँमा कारोबार भएको असली चाँदीको भाउ बुधबार बढेर चार हजार नौ सय ४५ रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।
सुनचाँदीको मूल्य हालसम्मकै उच्च गत माघ १५ गते भएको थियो । माघ १५ गते सुन प्रतितोला तीन लाख ३९ हजार तीन सय र चाँदी सात हजार पाँच सय पाँच रुपैयाँमा कारोबार भएको थियो ।
अन्तर्राष्ट्रिय बजारमा आएको उतारचढाव तथा माग–आपूर्तिको अवस्थाले स्थानीय बजारमा मूल्य घटबढ हुने गरेको बजार विश्लेषकहरूको दाबी छ ।




