सर्वे भवन्तु सुखिनः सर्वे सन्तु निरामयाः ।
सर्वे भद्राणि पश्यन्तु मा कश्चिद् दुःख भाग्भवेतः ।।
ॐ शान्तिः शान्तिः शान्तिः
आजको पञ्चाङ्ग
मिति २०८२ चैत १८ गते बुधबार, इस्वीसंवत अप्रिल १ तारिक सन् २०२६, श्रीशाके १९४७, नेपाल संवत् ११४६, सिद्धार्थीनामको संवत्सरः, सूर्य पृथ्वीको उत्तरी गोलार्द्धमा छन् । वसन्त ऋतु चलिरहेको छ । चान्द्रमान अनुसार चैत्रशुक्लपक्ष चलिरहेको छ । सौरमान अनुसार आज चैत्रशुक्लपक्षको चतुर्दशी तिथि बिहानमा ६ः४८ बजेसम्म त्यसपछि पूर्णिमा तिथि लाग्नेछ। नक्षत्रमा उत्तराफाल्गुनी दिनमा ४ः०३ बजेसम्म त्यसपछि हस्ता नक्षत्र लाग्नेछ । विष्कुम्भादि योगमा वृद्धि २२ घटि ०९ पलासम्म त्यसपछि ध्रुव योग लाग्नेछ । करणमा भन्द्रा रहनेछ । आनन्दादि योगमा प्रवर्द्ध रहनेछ ।
सूर्य मीन राशिमा, चन्द्रमा कन्या राशिमा रहनेछ । आज दिनमान ३० घटि ५९ पला अर्थात १२ घण्टा २५ मिनेटको रहनेछ । आज सूर्योदय काठमाडौँ केन्द्र विन्दुमा रही बिहानमा ५ः५६ बजे तुरुदेव मुहूर्तमा हुनेछ भने सूर्यास्त साँझमा ठीक ६ः२१ बजे हुनेछ । यस्तै, चन्द्रमा उदाउने दिनमा ५ः४७ बजे र अस्ताउने समय रातिमा ५ः१४ बजे रहेको छ । आज पूर्णिमा व्रत गर्ने दिन र विश्व मूर्ख दिवस रहेको छ।
आजको राशिफल
मेषः आज आफ्नो कार्यक्षेत्रमा केही मानसिक दबाब महसुस गर्न सक्छन्। विशेषगरी नयाँ जिम्मेवारीहरू सम्हाल्दा योजनाबद्ध तरिकाले अघि बढ्नु बुद्धिमानी हुनेछ। हतारमा गरिएका निर्णयले भविष्यमा पछुतो गराउन सक्ने भएकाले धैर्यता कायम राख्नुहोला। शैक्षिक क्षेत्रमा लागेका विद्यार्थीहरूका लागि आजको दिन एकाग्रतामा कमी आउन सक्छ, त्यसैले अध्ययनमा थप समय दिनु आवश्यक छ। आम्दानीका बाटाहरू खुले पनि अनावश्यक विलासिताका वस्तुमा खर्च हुने सम्भावना छ।
वृषः आजको दिन नयाँ अवसरहरूले भरिपूर्ण रहनेछ। तपाईंले लामो समयदेखि सोचेका योजनाहरूले मूर्त रूप लिने समय आएको छ। कार्यस्थलमा तपाईंको सक्रियता र इमानदारिताको कदर हुनेछ। नयाँ व्यापारिक सम्झौता गर्ने वा साझेदारीमा काम सुरु गर्ने सोचमा हुनुहुन्छ भने आजको दिन निकै शुभ मानिन्छ। वित्तीय अवस्थामा उल्लेख्य सुधार आउने योग छ। विलासी वस्तुको खरिदमा रुचि बढ्नेछ, तर बजेटको सीमाभित्र रहेर मात्र खर्च गर्नुहोला। पारिवारिक वातावरण अत्यन्तै सुखद् र सौहार्दपूर्ण रहनेछ।
मिथुनः आज तपाईंको तर्क गर्ने क्षमता र लेखन कलाको प्रशंसा हुनेछ। नयाँ सीप वा कुनै तालिममा सहभागी हुनका लागि आज समय उपयुक्त छ। कार्यक्षेत्रमा आउने चुनौतीहरूलाई तपाईंले आफ्नो चलाखीपूर्ण व्यवहारले सहजै समाधान गर्नुहुनेछ। आर्थिक पक्ष सबल रहनेछ। विभिन्न माध्यमबाट धन आर्जन हुने योग छ। विशेषगरी सञ्चार, लेखन वा शिक्षण पेसामा आबद्ध व्यक्तिहरूले आज राम्रो आर्थिक लाभ प्राप्त गर्नेछन्। नयाँ आम्दानीका स्रोतहरू पहिचान हुनेछन्।
कर्कटः आज आत्मबल बढ्ने दिन रहेको छ। प्राविधिक काममा रुचि राख्नेहरूका लागि आजको दिन विशेष उपलब्धिको रहनेछ। आर्थिक दृष्टिले दिन सन्तोषजनक छ। लामो समयदेखि अड्किएको पैसा उठ्ने सम्भावना छ। जग्गाजमिनको कारोबारमा लाग्नेहरूका लागि नाफा हुने समय छ। अनावश्यक विलासिताका सामग्रीमा पैसा खर्च हुन सक्ने भएकाले सतर्क रहनुहोला। वैदेशिक क्षेत्रबाट धन लाभको शुभ संकेत देखिन्छ। पारिवारिक सुख–शान्ति कायम रहनेछ।
सिंहः आज नेतृत्वदायी भूमिका खेल्ने अवसर मिल्नेछ। कार्यस्थलमा तपाईंको निर्णयको सबैले कदर गर्नेछन्। प्रशासनिक कामहरूमा सफलता मिल्नेछ। सरकारी जागिरेहरूका लागि पदोन्नति वा प्रशंसा मिल्ने समय छ। नयाँ व्यवसाय सुरु गर्न चाहनेहरूका लागि आजको दिन लगानीको हिसाबले राम्रो छ। आर्थिक अवस्था सुदृढ रहनेछ। आम्दानीका नयाँ स्रोतहरू फेला पर्नेछन्। सवारी साधन वा भौतिक सुखका साधन खरिद गर्ने योजना सफल हुन सक्छ। व्यापारमा सोचेभन्दा बढी आम्दानी हुने देखिन्छ।
कन्याः आजको दिन मिश्रित फलदायी रहनेछ। कार्यक्षेत्रमा कामको चाप बढ्नाले मानसिक रूपमा केही थकित महसुस हुन सक्छ। शत्रुहरूले तपाईंको काममा अवरोध पु¥याउने प्रयास गरे पनि तपाईंको धैर्यता र विवेकले उनीहरूलाई परास्त गर्न सफल हुनुहुनेछ। नयाँ कामको जिम्मेवारी लिँदा त्यसको सबै पक्षलाई राम्ररी बुझेर मात्र अघि बढ्नुहोला। आर्थिक दृष्टिकोणले आज खर्चको मात्रा बढ्ने देखिन्छ। घरपरिवारका आवश्यकता वा स्वास्थ्य उपचारमा केही धन खर्च हुन सक्नेछ।
तुलाः आजको दिन अत्यन्तै सकारात्मक र उत्साहजनक रहनेछ। लामो समयदेखि रोकिएका कामहरूले गति लिनेछन्। कार्यस्थलमा तपाईंको सिर्जनात्मक क्षमताको कदर हुनेछ र नयाँ अवसरहरू ढोका ढकढक्याउन आइपुग्नेछन्। वैदेशिक क्षेत्रसँग सम्बन्धित काममा सफलता मिल्ने प्रबल सम्भावना छ। आर्थिक पक्षमा आज निकै सुधार आउनेछ। आम्दानीका नयाँ र दिगो स्रोतहरू फेला पर्नेछन्। व्यापार व्यवसायमा गरेको मेहनतको उचित प्रतिफल मिल्ने समय छ।
वृश्चिकः आजको दिनमा मान-सम्मान र प्रतिष्ठा वृद्धि हुनेछ। नयाँ प्रविधिको प्रयोगले तपाईंको कार्यलाई अझ छिटो र प्रभावकारी बनाउनेछ। तपाइँको वित्तीय अवस्था मजबुत रहनेछ। कतैबाट आकस्मिक धन लाभ हुन सक्छ। विशेषगरी जग्गाजमिन वा पैतृक सम्पत्तिको विवाद टुङ्गिने सम्भावना छ। व्यापारमा नयाँ लगानी गर्नका लागि आजको दिन उत्तम छ। यद्यपि, पैसाको मामलामा कसैलाई पनि आँखा चिम्लेर विश्वास नगर्नुहोला। आर्थिक योजनाहरू बनाउँदा भविष्यको आवश्यकतालाई ध्यान दिनुहोला।
धनुः आजको दिनमा टाढाको यात्रा वा तीर्थाटनको योग छ। विद्यार्थीहरूका लागि आजको दिन अध्ययनमा केन्द्रित हुन सहज हुनेछ। नयाँ ज्ञान आर्जन गर्न वा कुनै पुस्तक पढ्नमा समय बिताउनुहुनेछ। आम्दानीका स्रोतहरू कायम रहनेछन् र खर्चमा पनि नियन्त्रण रहनेछ। परोपकारी काममा केही धन खर्च हुन सक्छ, जसले तपाईंलाई आत्मसन्तुष्टि दिनेछ। रोकिएका आर्थिक कामहरू बिस्तारै सुल्झिनेछन्। विशेषगरी शिक्षा वा स्वास्थ्य क्षेत्रमा दीर्घकालीन लगानीका लागि आजको दिन उपयुक्त छ। सामाजिक कार्यमा तपाईंको सक्रियता बढ्नेछ।
मकरः आजको दिनमा सावधानी अपनाउनुपर्ने छ। कार्यक्षेत्रमा केही चुनौतीहरू आउन सक्छन्, जसलाई संयमताका साथ सामना गर्नुपर्नेछ। वादविवाद र अनावश्यक बहसबाट टाढै रहनुहोला, अन्यथा यसले तपाईंको प्रतिष्ठामा असर पार्न सक्छ। गोप्य शत्रुहरू सक्रिय हुन सक्ने भएकाले आफ्ना योजनाहरू अरूलाई नसुनाउनु नै बेस हुनेछ। आर्थिक दृष्टिकोणले आजको दिन केही चुनौतीपूर्ण हुन सक्छ। सोचेभन्दा बढी खर्च हुनाले बजेट बिग्रन सक्छ। नयाँ लगानी वा ठूलो खरिदबिक्री आजका लागि स्थगित गर्नु नै राम्रो हुनेछ।
कुम्भः आजको दिनमा व्यावसायिक सफलता मिल्नुका साथै सुखद समाचार प्राप्त हुनेछ। साझेदारीमा गरिएका कामहरूबाट उल्लेख्य फाइदा हुनेछ। नयाँ व्यावसायिक सम्बन्धहरू विस्तार हुनेछन् र पुराना मित्रहरूको सहयोग प्राप्त हुनेछ। कार्यस्थलमा तपाईंको सक्रियता र नयाँ सोचको सबैले प्रशंसा गर्नेछन्। आर्थिक अवस्था सुदृढ रहनेछ। विभिन्न माध्यमबाट धनको आगमन हुने योग छ। विशेषगरी प्राविधिक वा बैंकिङ क्षेत्रमा काम गर्नेहरूका लागि आजको दिन लाभदायक रहनेछ।
मीनः आजको दिनमा प्रतिस्पर्धामा विजय प्राप्त गर्ने सकिनेछ। कार्यक्षेत्रमा आउने चुनौतीहरूलाई तपाईंले आफ्नो साहस र पराक्रमले सहजै पार गर्नुहुनेछ। ऋण र रोगबाट मुक्ति मिल्ने योग छ। रोकिएका कामहरूले गति लिनेछन् र तपाईंको कार्यशैलीमा सुधार आउनेछ। अदालती मामलामा तपाईंको पक्षमा निर्णय आउन सक्छ। आर्थिक पक्ष राम्रो रहनेछ। व्यापार व्यवसायमा सोचेभन्दा बढी नाफा हुने देखिन्छ। पुरानो लगानीबाट राम्रो प्रतिफल मिल्ने समय छ।
साइत (यात्रा): सूर्य मीन राशिमा, चन्द्रमा कन्या राशिमा रहनेछ । त्यसैले पूर्व र दक्षिणबाहेक अन्य दिशाको यात्रा नगर्नुहोला । आज बुधबार परेकाले उत्तरको यात्रा गर्दै नगर्नुहोला । आज उत्तर र पश्चिमतर्फको यात्रा बाध्यताबश गर्नैपरेको छ भने धार्मिक उपाय अपनाएर शुभ बेलामा गर्दा राम्रो हुनेछ ।
शुभ लाभादि बेला (दिवा)
बिहान ६ः०१ बजेदेखि ७ः३३ बजेसम्म लाभ बेला
बिहान ७ः३३ बजेदेखि ९ः०५ बजेसम्म अमृत बेला
बिहान ९ः०५ बजेदेखि १०ः३७ बजेसम्म काल बेला
बिहान १०ः३७ बजेदेखि १२ः०९ बजेसम्म शुभ बेला
मध्यान्हमा १२ः०९ बजेदेखि १ः४१ बजेसम्म रोग बेला
दिनमा १ः४१ बजेदेखि ३ः१३ बजेसम्म उद्धेग बेला
दिनमा ३ः१३ बजेदेखि ४ः४५ बजेसम्म चर बेला
दिनमा ४ः४५ बजेदेखि ६ः१७ बजेसम्म लाभ बेला
शुभ लाभादि बेला (रात्रि)
साँझ ६ः१७ बजेदेखि ७ः४५ बजेसम्म अमृत बेला
साँझ ७ः४५ बजेदेखि ९ः१३ बजेसम्म काल बेला
राति ९ः१३ बजेदेखि १०ः४१ बजेसम्म शुभ बेला
राति १०ः४१ बजेदेखि १२ः०९ बजेसम्म रोग बेला
राति १२ः०९ बजेदेखि १ः३६ बजेसम्म उद्धेग बेला
राति १ः३६ बजेदेखि ३ः०९ बजेसम्म चर बेला
रातिमा ३ः०९ बजेदेखि ४ः३२ बजेसम्म लाभ बेला
रातिमा ४ः३२ बजेदेखि ०६ः०० बजेसम्म अमृत बेला
यसमा चर भन्दा शुभ, शुभ भन्दा लाभ राम्रो, लाभ भन्दा अमृत सबैभन्दा राम्रो मानिन्छ । त्यसैले जे काम गर्दा पनि शुभ, लाभ र अमृत बेला पार्नुहोला ।
राहुकाल समयः मध्यान्हमा १२ः०० देखि १ः३० बजेसम्म राहुकाल अर्थात सबैभन्दा खराब समय रहनेछ । यो समय भित्र यात्रा, लेनदेन, ठूलो लगानी, नयाँ निर्णय केही पनि गर्नु परिणाम राम्रो हुँदैन ।
नोटः यो पञ्चांगको सूर्योदय, सूर्यास्त, तिथि, नक्षत्र, योग, करण आदिमा उल्लिखित समयादि काठमाडौं, नेपालको अक्षांश २७ः४२ उत्तर तथा देशान्तर ८५ः१८ पूर्व र नेपालको निर्धारित राष्ट्रिय समयलाई आधार मानी सूर्यसिद्धान्तको प्रयोग गरी गणना गरिएको हो, साथै राशिफल लेख्दा चन्द्रमाको दैनिक गति, चन्द्रमामा पर्ने शनि एवं बृहस्पतिको दृष्टि, वेदस्थान र विपरीत वेदस्थान समेतको गणना गरिएको छ ।




