Nidan Media

जीप दुर्घटनामा दुई सरकारी कर्मचारीको मृत्यु

दार्चुला। दार्चुलाको शैल्यशिखर नगरपालिका-४ ओसिल क्षेत्रमा जीप दुर्घटना हुँदा दुई जना सरकारी कर्मचारीको ज्यान गएको छ भने अन्य चार जना घाइते भएका छन्।

जिल्ला प्रहरी कार्यालय दार्चुलाका अनुसार ओसिलबाट गोकुलेश्वरतर्फ जाँदै गरेको जीप दुर्घटनामा परी जलस्रोत तथा सिँचाइ विकास डिभिजन कार्यालय दार्चुलामा कार्यरत इन्जिनियर मनिषा चन्द र वरिष्ठ प्रशासकीय अधिकृत भरतबहादुर तितराको घटनास्थलमै मृत्यु भएको हो।

उनीहरू कार्यसम्पादनका क्रममा काडापारीबाट ओसिलतर्फ जाँदै गरेको जनाइएको छ।

दुर्घटनाको कारणबारे विस्तृत अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

दुर्घटनामा घाइते भएका अन्य चार जनाको गोकुलेश्वरस्थित अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।

यता जुम्लाको तिला गाउँपालिका वडा नं ५ खोलीगाउँको बिराली ढुस्कामा आज बिहान भएको ट्याक्टर दुर्घटनामा एक जनाको मृत्यु भएको छ ।

जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक निर्देश बरालका अनुसार दुर्घटनामा परी गम्भीर घाइते भएका तिला गाउँपालिका-५ का ५१ वर्षीय तिल रावतको कर्णाली स्वास्थ्य विज्ञान प्रष्ठिानमा उपचारका क्रममा मृत्यु भएको हो । दुर्घटनाबारे अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.