Nidan Media

आज केही स्थानमा हुरीबतास, असिनासहित वर्षा र हिमपातको सम्भावना

काठमाडौँ । हाल नेपालमा पश्चिमी वायुका साथै स्थानीय वायुको प्रभाव रहेको जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।

हाल लुम्बिनी प्रदेशसुदूरपश्चिम प्रदेश लगायत देशका पहाडी भूभागमा सामान्यतया बदली रहेको छ भने बाँकी भूभागमा मौसम मुख्यतया सफा रहेको छ।

गण्डकी प्रदेशका पहाडी क्षेत्रमा एक–दुई स्थानमा हल्का वर्षा भइरहेको महाशाखाले जनाएको छ।

महाशाखाका अनुसार आज दिउँसो कोशी प्रदेशमधेस प्रदेश सहित देशका पहाडी तथा हिमाली भूभागमा सामान्य बदली रहनेछ भने तराई क्षेत्रमा आंशिक बदली रहनेछ।

कोशी प्रदेशलगायत पहाडी तथा हिमाली क्षेत्रका केही स्थान र अन्य भूभागका थोरै स्थानमा मेघगर्जन, चट्याङ, हुरीबतास र असिनासहित मध्यम वर्षा तथा हिमपातको सम्भावना छ।

यस्तै, आज राति कोशी प्रदेश लगायत हिमाली क्षेत्रमा सामान्य बदली रहनेछ भने पहाडी क्षेत्रमा आंशिक बदली र तराई क्षेत्रमा मौसम मुख्यतया सफा रहनेछ।

कोशीसँगै बागमती प्रदेश, गण्डकी र कर्णाली प्रदेशका हिमाली क्षेत्रका एक–दुई स्थानमा मेघगर्जन र चट्याङसहित हल्का वर्षा तथा हिमपातको सम्भावना रहेको महाशाखाले जनाएको छ।

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.