Nidan Media

सङ्घीय संसद्को दुवै सदनको अधिवेशन आह्वान

काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले सङ्घीय संसद्को दुवै सदनको अधिवेशन आह्वान गरेका  छन् ।

उनले नेपालको संविधानको धारा ९३ को उपधारा (१) बमोजिम नेपाल सरकार, मन्त्रिपरिषद् बैठकको सिफारिसअनुसार यही चैत १९ गते बिहीबार दिउँसो २ बजे अधिवेशन आह्वान गरेको राष्ट्रपतिको कार्यालयका प्रवक्ता रितेशकुमार शाक्यले जानकारी दिए ।

यसअघि सोमबारै बसेको मन्त्रिपरिषद् बैठकले अधिवेशन आह्वानका लागि राष्ट्रपतिसमक्ष सिफारिस गर्ने निर्णय गरेको थियो ।

यसैबीच, संघीय संसद् सचिवालयले राष्ट्रपतिको आह्वानअनुसार दुवै सदनका सदस्यहरूलाई बैठकमा उपस्थितिका लागि अनुरोध गरेको छ ।

महासचिव पद्मप्रसाद पाण्डेयद्वारा सोमबार जारी सूचनामा सबै सांसदहरूलाई सिंहदरबारस्थित निर्माणाधीन सङ्घीय संसद् भवनको सभाकक्षमा उपस्थितका लागि अनुरोध गरिएको छ ।

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.