पोखरा । लमजुङमा ट्याक्टर दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने दुई जना घाइते भएका छन्।
मृत्यु हुनेमा ताप्लेजुङ घर भई हाल मिदिम हाइड्रोपावरको ट्रान्समिसन लाइनमा कार्यरत ३३ वर्षीय सुजन राई छन्।
गम्भीर घाइते भएका राईको बेंसीसहरस्थित प्रदेश अस्पतालमा उपचारका क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ।
दुर्घटनामा अन्य दुई जना घाइते भएका छन्। जसमा ३२ वर्षीय दीपेश लिम्बु र २६ वर्षीय सुमन राई छन्। प्रहरीका अनुसार दुबैको स्वास्थ्य अवस्था मध्यम छ र उपचार जारी छ।
जिल्ला प्रहरी कार्यालय लमजुङका अनुसार ग१त ५६४६ नम्बरको ट्याक्टर भलामचौरतर्फ जाँदै गर्दा मर्स्याङ्दी गाउँपालिका वडा नं ९ पामचोकमा सडकबाट खसेर दुर्घटना भएको हो। प्रहरीले दुर्घटनाको कारण अनुसन्धान भइरहेको जनाएको छ।




