Nidan Media

ओली र लेखकको रिट सुनुवाइ सर्वोच्चको छुट्टाछुट्टै इजलासमा

काठमाडौँ। पूर्वप्रधानमन्त्री केपी शर्मा ओली र पूर्वगृहमन्त्री रमेश लेखकको पक्राउ गैरकानूनी भएको भन्दै दायर गरिएको बन्दी प्रत्यक्षीकरण रिटको सुनुवाइ आज सोमबार सर्वोच्च अदालतमा हुँदैछ।

सर्वोच्च अदालतले उनीहरूको सुनुवाइ छुट्टाछुट्टै इजलासमा गर्ने जनाएको छ।

ओलीको रिट न्यायाधीश मेघराज पोखरेलको इजलासमा सुनिनेछ भने लेखकको रिट न्यायाधीश कुमार रेग्मीको इजलासमा हुनेछ।

ओलीको तर्फबाट उनकी पत्नी राधिका शाक्यले रिट पेस गरेकी छन् भने लेखकको तर्फबाट उनकी पत्नी यशोदा लेखकले निवेदन पेस गरेकी हुन्।

उनीहरूलाई प्रहरीले शनिबार भक्तपुरस्थित निवासबाट पक्राउ गरेको थियो।

पक्राउ भदौ २३ र २४ गतेका घटनासँग सम्बन्धित अनुसन्धानका लागि गरिएको हो।

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.