Nidan Media

पक्राउ परिन् एमाले नेतृ एवं लुम्बिनीका सांसद रेखा शर्मा

काठमाडौँ । एमाले नेतृ तथा लुम्बिनी प्रदेशसभा सदस्य रेखा शर्मालाई प्रहरीले गएराति काठमाडौँको धुम्बराहीस्थित निवासबाट पक्राउ गरेको छ।

काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले आइतबार राति करिब ११ बजे उनलाई नियन्त्रणमा लिएको हो।

सांसद शर्माका श्रीमान् चिन्तामणि शर्माले प्रहरी टोली आएर रेखालाई घरबाटै लगेको पुष्टि गरेका छन्।

उनलाई एक बालिकालाई आफ्नो घरमा राखेर घरेलु कामदारका रूपमा बालश्रम गराएको गम्भीर आरोप लागेको छ।

प्रहरीका अनुसार, बालबालिका सम्बन्धी ऐन र श्रम कानूनको उल्लंघन गरेको उजुरीका आधारमा रेखा शर्मालाई अनुसन्धानका लागि हिरासतमा लिइएको हो।

जनप्रतिनिधि नै बालश्रम जस्तो संवेदनशील मुद्दामा पक्राउ परेपछि यस घटनाले राजनीतिक वृत्तमा निकै चर्चा पाएको छ।

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.