Nidan Media

आईपीएलमा मुम्बई इण्डियन्सको शानदार जित, कोलकाता नाइट राइडर्स ६ विकेटले पराजित

काठमाडौँ । मुम्बई इण्डियन्सले कोलकाता नाइट राइडर्सलाई ६ विकेटले पराजित गर्दै इण्डियन प्रिमियर लिगमा प्रभावशाली शुरूआत गरेको छ।

मुम्बईको घरेलु मैदानमा भएको खेलमा कोलकाताले दिएको २२१ रनको विशाल लक्ष्य मुम्बईले १९.१ ओभरमा ४ विकेट गुमाएर पूरा गर्दै उत्कृष्ट जित निकालेको हो।

उच्च स्कोरको दबाबबीच पनि मुम्बईका ब्याट्सम्यानहरूले आक्रामक प्रदर्शन गर्दै लक्ष्य सहज रूपमा भेट्टाएका थिए।

मुम्बईको जितमा ओपनर रायन रिकल्टनले उत्कृष्ट अर्धशतक प्रहार गर्दै ८१ रन बनाए। उनले ४३ बलमा ४ चौका र ८ छक्का प्रहार गर्दै इनिङ्सलाई मजबुत आधार दिएका थिए।

यस्तै, रोहित शर्माले पनि आक्रामक ब्याटिङ गर्दै ३८ बलमा ७८ रन बनाए। उनले रिकल्टनसँग पहिलो विकेटका लागि १४८ रनको महत्वपूर्ण साझेदारी गर्दै जितको आधार तयार पारेका थिए।

मध्यक्रममा तिलक वर्मा २० रनमा आउट भए भने सूर्यकुमार यादव ले १६ रन जोडे। कप्तान हार्दिक पाण्ड्या १८ रनमा अविजित रहँदै टोलीलाई जितसम्म पुर्‍याए। यस जितसँगै मुम्बईले प्रतियोगितामा २ अंक जोड्दै तालिकाको दोस्रो स्थानमा उक्लिएको छ।

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.