काठमाडौँ। नेपाली काँग्रेस नेता तथा पूर्वगृहमन्त्री रमेश लेखक सरकारी वकिल कार्यालयमा उपस्थित भएका छन्।
लेखकलाई शनिबार आफ्नै निवासबाट जेन-जी आन्दोलनमा दमन गरेको आरोपमा पक्राउ गरिएको थियो।
शनिबार सार्वजनिक बिदा भएकाले उनलाई प्रहरीले आइतबार अदालतमा उपस्थित गराएको हो।
नेकपा एमाले अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओली भने भौतिकरूपमा उपस्थित हुन नसक्दा भर्चुअल माध्यमबाट अदालतमा उपस्थित हुँदै छन्।
ओलीलाई शनिबार बिहान गुण्डुस्थित निवासबाट पक्राउ गरिएको थियो।
उनको स्वास्थ्य अवस्थाका कारण अदालतमा भौतिकरूपमा उपस्थित गराउन नसकिने भएकोले यो व्यवस्था गरिएको हो।





