गुल्मी । गुल्मीमा जीपको ठक्करबाट एक महिलाको ज्यान गएको छ ।
मृत्यु हुनेमा गुल्मीकोट चन्द्रकोट गाउँपालिका-४ का ५५ वर्षीया तुलसी थापा रहेको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी एवं प्रहरी नायब उपरीक्षक गङ्गाबहादुर सारुले जानकारी दिए ।
चन्द्रकोटबाट शान्तिपुरतर्फ गइरहेको लु१ज १८३४ नम्बरको सफारी जीपले थापालाई बाटो काट्दै गरेको अवस्थामा रिपाहा भन्ने ठाउँमा शनिबार साँझ ठक्कर दिएको थियो ।
जीपको ठक्करबाट घाइते भएकी थापालाई स्थानीय स्वास्थ्य संस्थामा समान्य उपचारपछि लुम्बिनी मेडिकल कलेज प्रवास, पाल्पामा पठाइएको थियो ।
थापाको उपचारका क्रममा गएराति नै मृत्यु भएको प्रहरीले जनाएको छ । प्रहरीले जीपका चालक जीवन फौदारसहित सवारीसाधनलाई नियन्त्रणमा लिएको छ ।





