काठमाडौँ । इण्डियन प्रिमियर लिग २०२६ अन्तर्गतको खेलमा रोयल च्यालेन्जर्स बेंगलुरु (आरसीबी)ले विजयी शुरूआत गरेको छ।
शनिबार एम चिन्नास्वामी स्टेडियममा भएको खेलमा आरसीबीले सनराइजर्स हैदराबादलाई ६ विकेटले पराजित गरेको हो।
हैदराबादले दिएको २०२ रनको लक्ष्य बेंगलुरुले १५.४ ओभरमा ४ विकेट गुमाउँदै पूरा गर्यो।
बेंगलुरुको जितमा विराट कोहलीले अविजित ६९ रनको अर्धशतकीय इनिङ खेले। उनले ३८ बलमा ५ चौका र ५ छक्का प्रहार गरे।
देवदत्त पडीकलले २६ बलमा ६१ रन बनाउँदै महत्वपूर्ण योगदान दिए। कप्तान रजत पाटीदार ३१ रनमा आउट भए भने टिम डेविड १६ रनमा अविजित रहे।
यसअघि टस जितेर बलिङ रोजेको बेंगलुरुविरुद्ध ब्याटिङ गरेको हैदराबादले निर्धारित २० ओभरमा ९ विकेट गुमाउँदै २०१ रन बनाएको थियो।
प्रतियोगिताअन्तर्गत आज मुम्बई इन्डियन्स र कोलकाता नाइट राइडर्सबीचको खेल वान्खेडे स्टेडियममा राति पौने ८ बजे शुरू हुनेछ।




