Nidan Media

ओलीको रिहाइ माग्दै एमालेद्वारा देशभर ज्ञापन पत्र बुझाइँदै

काठमाडौँ । नेकपा एमालेले अध्यक्ष केपी शर्मा ओलीको रिहाइको माग गर्दै आज देशभरका ७७ ओटै जिल्ला प्रशासन कार्यालयमा ज्ञापन पत्र बुझाउने भएको छ।

पार्टीका सचिव महेश बस्नेतका अनुसार मध्याह्न १२ बजे प्रदर्शनसहित प्रमुख जिल्ला अधिकारीलाई विरोधपत्र बुझाउने कार्यक्रम तय गरिएको छ।

गौरीबहादुर कार्की आयोगले दोषी देखाएको आधारमा अध्यक्ष ओलीलाई हिजो निवासबाटै प्रहरीले पक्राउ गरेपछि एमाले सचिवालय बैठकले त्यसको विरोध गर्दै रिहाइको मागसहित देशव्यापी ज्ञापन पत्र बुझाउने निर्णय गरेको हो।

एमाले प्रचार तथा प्रकाशन विभागका संयोजक मीनबहादुर शाहीका अनुसार काठमाडौँमा माइतीघर मण्डलमा भेला भएर नारा जुलुससहित प्रशासन कार्यालयमा पुग्ने तयारी गरिएको छ।

यसअघि हिजो पार्टी सम्बद्ध जनसङ्गठनहरूले माइतीघरबाट बानेश्वरसम्म विरोध प्रदर्शन गरेका थिए।

यसैबीच, अध्यक्ष ओलीको पक्राउबारे आज बिहान १०ः३० बजे कानुनविद्हरूसँग अन्तर्संवाद कार्यक्रम पनि राखिएको छ।

प्रेस चौतारी नेपालले दिएको जानकारीअनुसार उक्त कार्यक्रम केन्द्रीय कार्यालय पुतलीसडकमा आयोजना गरिनेछ।

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.