Nidan Media

दाउन्नेमा तीन सवारी आपसमा ठोक्किँदा तीनको मृत्यु, १५ घाइते

नवलपरासी । नवलपरासीको दाउन्ने क्षेत्रमा भएको सवारी दुर्घटनामा तीन जनाको ज्यान गएको छ भने १५ जना घाइते भएका छन्।

जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी डीएसपी वीरदत्त पन्तका अनुसार मृतकमध्ये एक जनाको सनाखत भएको छ।

रोल्पाका २५ वर्षीय गोविन बुढाको पहिचान खुलेको छ भने अन्य दुई जनाको सनाखत हुन बाँकी रहेको डीएसपी पन्तले बताए

मृतक तीनै जना पुरुष रहेका छन्।

गएराति करिब १ बजे बर्दघाट नगरपालिका-४ घ्यूखोलामा तीन ओटा सवारी साधन एकआपसमा ठोक्किँदा दुर्घटना भएको हो।

बुटवलतर्फ जाँदै गरेको ना७ख ९३९८ नम्बरको ट्रक र सोही दिशाबाट गइरहेको लु२ख २३५१ नम्बरको बसले अगाडि जाँदै गरेको ना५ख २२७५ नम्बरको पिकअप गाडीलाई ठक्कर दिएका थिए।

ठक्करपछि बस र ट्रक करिब २०० मिटर तल खसेको प्रहरीले जनाएको छ।

दुर्घटनामा घाइते भएका १५ जनाको विभिन्न अस्पतालमा उपचार भइरहेको छ।

प्रहरीले घटनाबारे थप अनुसन्धान गरिरहेको जनाएको छ।

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.