Nidan Media

शनिदेवको प्रिय दिनमा राशिफल

सर्वे भवन्तु सुखिनः सर्वे सन्तु निरामयाः ।
सर्वे भद्राणि पश्यन्तु मा कश्चिद् दुःख भाग्भवेतः ।।
ॐ शान्तिः शान्तिः शान्तिः ।।

आजको पञ्चाङ्ग

मिति २०८२ चैत १४ गते शनिबार, इस्वीसंवत मार्च २८ तारिक सन् २०२६, श्रीशाके १९४७, नेपाल संवत् ११४६, सिद्धार्थीनामको संवत्सरः, सूर्य पृथ्वीको उत्तरी गोलार्द्धमा छन् । वसन्त ऋतु चलिरहेको छ । चान्द्रमान अनुसार चैत्रशुक्लपक्ष चलिरहेको छ । सौरमान अनुसार आज चैत्रशुक्लपक्षको दशमी तिथि बिहानमा १०ः३८ बजेसम्म त्यसपछि एकादशी तिथि लाग्नेछ। नक्षत्रमा तिष्य दिनमा ४ः३६ बजेसम्म त्यसपछि अश्लेषा नक्षत्र लाग्नेछ । विष्कुम्भादि योगमा सुकर्म ३९ घटि २६ पलासम्म त्यसपछि धृति योग लाग्नेछ । करणमा वणिज रहनेछ । आनन्दादि योगमा मित्र रहनेछ ।

सूर्य मीन राशिमा, चन्द्रमा कर्कट राशिमा रहनेछ । आज दिनमान ३० घटि ४३ पला अर्थात १२ घण्टा १९ मिनेटको रहनेछ । आज सूर्योदय काठमाडौँ केन्द्र विन्दुमा रही बिहानमा ६ः०० बजे विभिषण मुहूर्तमा हुनेछ भने सूर्यास्त साँझमा ठीक ६ः१८ बजे हुनेछ । यस्तै, चन्द्रमा उदाउने दिनमा १ः५० बजे र अस्ताउने समय रातिमा २ः५९ बजे रहेको छ । आज विश्व नेवाः दिवस रहेको छ।

आजको राशिफल

मेषः आज दिन सामान्य राम्रो छ। दैनिकी सहज बन्नेछ। खानपानमा ख्याल नगर्नाले शरीरमा रोग बढ्नेछ। साथीको सहयोग मिल्नेछ। सोचेका काम सहजै बन्नेछन्। एकल लगानी नउठ्ने हुँदा संयुक्त लगानी गर्नु उचित हुनेछ। परिवारको साथमा रमाइलो गर्ने अवसर मिल्नेछ। शिक्षामा प्रगति हुने योग छ । लगानी गर्नुपर्ने भए साथीसँग सहकार्य गरेमा फाइदा हुनेछ । तर आज लामो यात्रा नगर्दा राम्रो हुनेछ ।

वृषः आज दिन राम्रो छ। रोगसँग लड्ने क्षमता बढ्नेछ भने स्वास्थ्यमा सुधार हुनेछ । शिक्षामा गरेको लगानीबाट फाइदा हुनेछ। पढाइमा जोस र जाँगर बढ्नेछ। परिवारको विश्वास बढी गर्दा धोका हुने जोखिम छ। निजी शिक्षामा गरेको लगानीबाट फाइदा हुनेछ। आज गरेको लगानीबाट फाइदा हुनेछ । परिवारसँगको सम्बन्ध सहज बन्नेछ । प्रेम सम्बन्ध सुमधुर बन्ने योग छ ।

मिथुनः आज दिन शुभ छ। धन खर्च भए पनि नाम र मान बढ्नेछ। आफूभन्दा ठुलासँगको भेटले मन खुशी हुनेछ। रोगबाट मुक्त हुने योग छ। आफूले आम्दानी गरेको भन्दा पितृको सम्पत्ति लगानी गरेमा फाइदा हुनेछ। व्यवसायमा साझेदारी गरेमा फाइदा हुनेछ । राज्यका तर्फबाट अवरोध हुने जोखिम छ । धार्मिक कार्यमा सहभागी भएमा मन शान्त बन्नेछ । व्यापारमा फाइदा हुने दिन रहेको छ ।

कर्कटः आज साना कुराले झन्झट बढ्नेछ। नराम्रो तर्क नगर्नु राम्रो हुन्छ। राजनीतिक क्षेत्रमा अवसर मिल्नेछ। स्वास्थ्यको क्षेत्रमा गरेको प्रयास सफल हुनेछ। बिहान उठेर पिपलको दर्शन गरेर दिनको सुरुवात गरेमा दैनिकी सहज बन्नेछ। तर दिन सहज बन्ने भने दाजुभाइले साथ दिनेछन् । व्यापारमा लगानी गरेको भए फाइदा हुनेछ । कपडाको व्यापारमा राम्रो आम्दानी हुनेछ । राज्यको निगरानीमा भएकाले काम गर्दा सचेत बन्नुपर्नेछ ।

सिंहः आज लामो यात्रामा नजाँदा राम्रो हुनेछ। सम्पत्ति आर्जन गर्नेक्रममा आफूभन्दा ठूलासँग तर्क नगर्दा राम्रो हुनेछ। अप्रिय खबर प्राप्त हुनुका साथै खानपानमा समस्या हुन सक्छ। मन अशान्त बन्न सक्छ । तर काममा परिवारको तर्फबाट साथ र सहयोग मिल्नेछ। स्वास्थ्यले साथ दिनेछ । प्रेम सम्बन्ध सुमधुर बन्ने योग छ । लगानी गर्ने भए शिक्षाको क्षेत्रमा प्रगति हुनेछ ।

कन्याः आज दिन सामान्य राम्रो छ। संयुक्त लगानीबाट व्यापारमा फाइदा हुनेछ। एकल लगानी नगर्नु राम्रो हुनेछ। शिक्षामा गरेको प्रयास सफल रहनेछ। काम गर्ने अवसर मिल्नेछ। स्वास्थ्यमा सुधार हुने योग छ। परिवारमा भने खटपटी बढ्ने जोखिम देखिन्छ। मनमा उत्साह बढ्नेछ । प्रेम सम्बन्ध सुमधुर बन्नेछ । शिक्षामा गरेको लगानीबाट फाइदा हुनेछ । रोगले सताउने जोखिम छ । परिवारसँग रमाइलो घुमघाम हुनेछ ।

तुलाः आज परिवारभित्र भन्दा बाहिरका साथीले तपाईंको प्रशंसा गर्नेछन्। परोपकारमा समय खर्च गर्नु राम्रो हुनेछ। राजनीतिक क्षेत्रमा तपाईंमाथि आक्रमण हुने भएकाले व्यवहार गर्दा सचेत बन्नु उचित हुन्छ। परिवारको सल्लाहमा अगाडि बढ्नु राम्रो हुन्छ। दाजुभाइसँगको सहकार्यले मन खुशी हुनेछ । पेटसम्बन्धी समस्या हुने भएकाले खानपानमा सचेत बन्नु आवश्यक देखिन्छ । बोली र व्यवहारमा एकरुपता कायम गर्नुपर्ने देखिन्छ ।

वृश्चिकः आज पेटसम्बन्धी समस्या बढ्न सक्छ, खानपानमा ख्याल गर्नुहोला। व्यापारमा दाजुभाइको साथ लिएर अगाडि बढ्नु राम्रो हुनेछ। परीक्षाको प्रतिक्षामा भए राम्रो हुनेछ। शिक्षाको क्षेत्रमा उन्नति हुनेछ। परिवारसँगको सम्बन्ध सुखमय बन्ने योग छ। तर सञ्चित धन खर्च हुँदा मन खिन्न बन्नेछ । सहकर्मीले साथ दिनेछन् । साथीको सहयोगमा महत्वपूर्ण काम बन्ने योग पनि आज रहेको छ ।

धनुः आज दिन सामान्य छ। तर आफन्तबाट अपमानित हुनुपर्नेछ। दैनिक काममा स्वास्थ्यले साथ नदिने जोखिम रहेको छ। थोरै बोलेर अगाडि बढ्नु राम्रो हुनेछ। तर पुराना साथीसँगको भेटले तपाईंको महत्वपूर्ण काम बन्नेछ। शिक्षा र स्वास्थ्यमा गरेको लगानीबाट फाइदा हुनेछ । मन उदास बन्न सक्छ । दिनको शुरूआतमा दान वा पिपलको पूजाबाट गर्न सकेमा दैनिकी सहज बन्नेछ ।

मकरः आज तपाईंको बोलीको प्रभावले ठूलो काम बन्नेछ। मनका कुरा साथीसँग साट्नु राम्रो हुनेछ। एकल निर्णय गरेर अगाडि बढ्नु राम्रो हुनेछ। साथीको संगतका कारण धन खर्च हुनेछ। अवसरलाई सदुपयोग गर्न नसक्दा पछुतो हुनेछ। गला र कलाको प्रदर्शनले नाम र दाम मिल्नेछ । स्वास्थ्य लाभ हुनेछ । आर्थिक अवस्थामा सुधार हुनेछ । प्रेम सम्बन्ध सुमधुर बन्नेछ । शिक्षामा लगानी गरेको भए फाइदा हुनेछ । काममा थप मिहिनेत गर्नुपर्ने छ।

कुम्भः आज सञ्चित धन खर्च हुनेछ। स्वास्थ्यको ख्याल गर्नुपर्नेछ। दक्षिणको लामो यात्रामा नजानु राम्रो हुनेछ। परिवार र बन्धुको साथमा काम बन्नेछ। आज सोचेका काम पनि पूरा हुनेछन् । कतै घुमफिरको योजना बन्न सक्छ । खर्च पनि हुनेछ । मिष्ठान्न भोजन प्राप्त हुनेछ । साथीको सहयोगमा महत्त्वपूर्ण काम बन्नेछ ।

मीनः आज दिन सामान्य राम्रो छ। सुरुवाती साढेसाती दशा भए पनि शुभग्रहको बहुमत छ। अनुत्पादक क्षेत्रको खर्च कटौती गर्नु राम्रो हुनेछ। शिक्षाको क्षेत्रमा गरेको लगानी सफल बन्नेछ। तर आज मानसिक रुपमा खटपटी बढ्ने देखिन्छ । आफूभन्दा ठूला व्यक्तिको सुझाव अनुसार अगाडि बढेमा दिन सहज बन्नेछ। बिहान उठेर शिवको भजन गर्न सकेमा दैनिकी सहज बन्नेछ ।

साइत (यात्रा): सूर्य मीन राशिमा, चन्द्रमा कर्कट राशिमा रहनेछ । त्यसैले उत्तर र पश्चिमबाहेक अन्य दिशाको यात्रा नगर्नुहोला । आज शनिबार परेकाले पूर्वतर्फको यात्रा गर्दै नगर्नुहोला । आज पूर्व र दक्षिणतर्फको यात्रा बाध्यताबश गर्नैपरेको छ भने धार्मिक उपाय अपनाएर शुभ बेलामा गर्दा राम्रो हुनेछ ।

शुभ लाभादि बेला (दिवा)

बिहान ६ः०१ बजेदेखि ७ः३३ बजेसम्म काल बेला
बिहान ७ः३३ बजेदेखि ९ः०५ बजेसम्म शुभ बेला
बिहान ९ः०५ बजेदेखि १०ः३७ बजेसम्म रोग बेला
बिहान १०ः३७ बजेदेखि १२ः०९ बजेसम्म उद्धेग बेला
मध्यान्हमा १२ः०९ बजेदेखि १ः४१ बजेसम्म चर बेला
दिनमा १ः४१ बजेदेखि ३ः१३ बजेसम्म लाभ बेला
दिनमा ३ः१३ बजेदेखि ४ः४५ बजेसम्म अमृत बेला
दिनमा ४ः४५ बजेदेखि ६ः१७ बजेसम्म काल बेला

शुभ लाभादि बेला (रात्रि)

साँझ ६ः१७ बजेदेखि ७ः४५ बजेसम्म शुभ बेला
साँझ ७ः४५ बजेदेखि ९ः१३ बजेसम्म रोग बेला
राति ९ः१३ बजेदेखि १०ः४१ बजेसम्म उद्धेग बेला
राति १०ः४१ बजेदेखि १२ः०९ बजेसम्म चर बेला
राति १२ः०९ बजेदेखि १ः३६ बजेसम्म लाभ बेला
राति १ः३६ बजेदेखि ३ः०९ बजेसम्म अमृत बेला
रातिमा ३ः०९ बजेदेखि ४ः३२ बजेसम्म काल बेला
रातिमा ४ः३२ बजेदेखि ०६ः०० बजेसम्म शुभ बेला
यसमा चर भन्दा शुभ, शुभ भन्दा लाभ राम्रो, लाभ भन्दा अमृत सबैभन्दा राम्रो मानिन्छ । त्यसैले जे काम गर्दा पनि शुभ, लाभ र अमृत बेला पार्नुहोला ।

राहुकाल समयः बिहानमा ९ः०० देखि १०ः३० बजेसम्म राहुकाल अर्थात सबैभन्दा खराब समय रहनेछ । यो समय भित्र यात्रा, लेनदेन, ठूलो लगानी, नयाँ निर्णय केही पनि गर्नु परिणाम राम्रो हुँदैन ।

नोटः यो पञ्चांगको सूर्योदय, सूर्यास्त, तिथि, नक्षत्र, योग, करण आदिमा उल्लिखित समयादि काठमाडौं, नेपालको अक्षांश २७ः४२ उत्तर तथा देशान्तर ८५ः१८ पूर्व र नेपालको निर्धारित राष्ट्रिय समयलाई आधार मानी सूर्यसिद्धान्तको प्रयोग गरी गणना गरिएको हो, साथै राशिफल लेख्दा चन्द्रमाको दैनिक गति, चन्द्रमामा पर्ने शनि एवं बृहस्पतिको दृष्टि, वेदस्थान र विपरीत वेदस्थान समेतको गणना गरिएको छ ।

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.