Nidan Media

स्वर्णिम अर्थ, सुदन गृह र अमरेस उद्योगमन्त्री बन्ने, अन्य को-को बन्दैछन् मन्त्री?

काठमाडौँ । वालेन्द्र साह बालेन नेतृत्वको सरकारमा बन्ने मन्त्रीहरूको नाम सार्वजनिक हुन थालेको छ।

जसअनुसार उपसभापति डा. स्वर्णिम वाग्ले अर्थमन्त्री र नेता शिशिर खनाल परराष्ट्रमन्त्री बन्ने भएका छन्।

यसैगरी रास्वपाले सुदन गुरुङलाई गृहमन्त्री बनाउने भएको छ । जेन-जी आन्दोलनसँगै उदाएका गुरुङ गोरखाबाट प्रतिनिधि सभा सदस्यमा निर्वाचित भएका थिए ।

यसैगरी नेतृ सोविता गौतम कानून मन्त्री बन्ने पक्का भएको बताइन्छ ।

यस्तै, अमरेसकुमार सिंह पनि मन्त्री बन्ने भएका छन् । राष्ट्रिय स्वतन्त्र पार्टीले सिंहलाई उद्योग मन्त्रालयको जिम्मेवारी दिने भएको छ।

गत फागुन २१ मा भएको प्रतिनिधि सभा निर्वाचनमा सिंहले नेपाली कांग्रेसका सभापति गगन थापालाई सर्लाही क्षेत्र नम्बर ४ मा पराजित गरेका थिए।

यस्तै रास्वपाले समानुपातिक सांसद प्रतिभा रावललाई संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रीको जिम्मेवारी दिने भएको छ। उनले रास्वपाको सहप्रवक्ताको जिम्मेवारी सम्हालिरहेकी छन्।

यता नेता विराजभक्त श्रेष्ठ ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री बन्ने भएका छन्। उनी यसअघि युवा तथा खेलकुदमन्त्री बनेका थिए ।

फागुन २१ म भएको प्रतिनिधि सभा निर्वाचनमा उनी काठमाडौँ निर्वाचन क्षेत्र नं ८ बाट निर्वाचित भएका थिए ।

सम्भावित मन्त्रीको सूचीमा सस्मित पोखरेल, गनेश पौडेल, विक्रम खनाल, निशा मेहता, गीता चौधरी, सीता बादीलगायत पनि छन् । यद्यपि यसको औपचारिक रुपमा पुष्टि हुन सकेको छैन ।

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.