दाङ । दाङमा गएराति मोटरसाइकल दुर्घटना हुँदा एक जनाको ज्यान गएको छ भने चालक गम्भीर घाइते भएका छन् ।
मृत्यु हुनेमा घोराही उपमहानगरपालिका-१२ का ३० वर्षीय बेलबहादुर पुन छन् ।
दुर्घटनामा गम्भीर घाइते पुनको राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान घोराहीमा उपचारका क्रममा मृत्यु भएको प्रहरी निरीक्षक बाबुराम बस्नेतले जानकारी दिए
साथै सोही दुर्घटनामा गम्भीर घाइते भएका मोटरसाइकल चालक घोराही-१० का ४० वर्षका धनबहादुर घर्तीको राप्ती स्वास्थ विज्ञान प्रतिष्ठानमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।
प्रहरीका अनुसार गएराति पौने १० बजेतिर घोराहीबाट तुलसीपुरतर्फ आउँदै गरेको रा२प ७२६५ नम्बरको मोटरसाइकल आफै अनियन्त्रित भएर घोराही-१० सौडिकुलामा दुर्घटना भएको हो । दुर्घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।




