सर्वे भवन्तु सुखिनः सर्वे सन्तु निरामयाः ।
सर्वे भद्राणि पश्यन्तु मा कश्चिद् दुःख भाग्भवेतः ।।
ॐ शान्तिः शान्तिः शान्तिः ।।
आजको पञ्चाङ्ग
मिति २०८२ चैत १२ गते बिहीबार, इस्वीसंवत मार्च २६ तारिक सन् २०२६, श्रीशाके १९४७, नेपाल संवत् ११४६, सिद्धार्थीनामको संवत्सरः, सूर्य पृथ्वीको उत्तरी गोलार्द्धमा छन् । वसन्त ऋतु चलिरहेको छ । चान्द्रमान अनुसार चैत्रशुक्लपक्ष चलिरहेको छ । सौरमान अनुसार आज चैत्रशुक्लपक्षको अष्टमी तिथि दिनमा २ः४० बजेसम्म त्यसपछि नवमी तिथि लाग्नेछ। नक्षत्रमा आद्रा रातिमा ७ः०४ बजेसम्म त्यसपछि पुनवुर्स नक्षत्र लाग्नेछ । विष्कुम्भादि योगमा सौभाग्य ५२ घटि ४० पलासम्म त्यसपछि अतिगण्ड योग लाग्नेछ । करणमा बालब रहनेछ । आनन्दादि योगमा काण रहनेछ ।
सूर्य मीन राशिमा, चन्द्रमा मिथुन राशिमा रहनेछ । आज दिनमान ३० घटि ३५ पला अर्थात १२ घण्टा १६ मिनेटको रहनेछ । आज सूर्योदय काठमाडौँ केन्द्र विन्दुमा रही बिहानमा ६ः०२ बजे तुरुदेव मुहूर्तमा हुनेछ भने सूर्यास्त साँझमा ठीक ६ः१८ बजे हुनेछ । यस्तै, चन्द्रमा उदाउने बिहानमा ११ः३७ बजे र अस्ताउने समय रातिमा १ः१८ बजे रहेको छ । आज चैते दशैँ पर्व रहेको छ। साथै मत्स्यननारायण रथ यात्रा र गोरखकाली पूजा गर्ने दिन पनि आजै रहेको छ।
आजको राशिफल
मेषः आज समय मध्यम रहनेछ। परिवार तथा आफन्तसँग मनमुटाव हुन सक्छ। पति–पत्नीबीच अविश्वासले समस्या आउन सक्छ। सवारीसाधन वा यात्रा गर्दा सतर्क रहनुपर्छ। पढाइ तथा प्रतिस्पर्धामा सफलता प्राप्त गर्न बढी मेहनत आवश्यक हुनेछ। स्वास्थ्यमा थकान वा पेटसम्बन्धी समस्या देखिन सक्छ। काममा ध्यान दिँदा सहजता प्राप्त हुनेछ। आर्थिक पक्षमा खर्च बढ्ने सम्भावना छ। प्रेम सम्बन्धमा अल्झन वा झगडा हुन सक्छ।
वृषः आज समय खराब रहनेछ। बौद्धिक कार्यमा प्रस्तुति दिने अवसर छ तर पारिश्रमिक अपेक्षित अनुसार नपाउने सम्भावना छ। पढाइमा सफलता पाउन संघर्ष आवश्यक छ। परिवार वा सन्तानबाट असहयोग देखिन सक्छ। व्यापारमा अतिरिक्त लगानी नगर्ने उपयुक्त समय छ। प्रेम सम्बन्धमा विश्वास घढ्नेछ। पेट सम्बन्धी समस्या र मानसिक तनाव बढ्नेछ। स्वास्थ्य सामान्य छ तर सतर्क रहनु पर्नेछ। सामाजिक र पेशागत सहयोग सीमित रहन सक्छ।
मिथुनः आज समय अत्यन्तै शुभ रहनेछ। काममा नवीनता ल्याउन सकिने र सहकर्मी वा साझेदारबाट सहयोग प्राप्त हुने योग रहेको छ। नयाँ व्यावसायिक योजना सफल हुने सम्भावना छ। पढाई लेखाईमा बुद्धि प्रयोग गर्दा उत्कृष्ट नतिजा प्राप्त हुनेछ। राजनीति वा सामाजिक कार्यमा लोकप्रियता बढ्नेछ। प्रेम सम्बन्धमा विश्वास र समझदारी कायम रहनेछ। यात्रा छोटो दूरीमा लाभदायक रहनेछ। स्वास्थ्य सामान्य रहनेछ तर अधिक थकानले सताउन सक्छ।
कर्कटः आज समय खराब छ। स्वास्थ्यमा समस्या आउँदा उपचार खर्च बढ्नेछ। गलत कामले दण्ड वा जरिवाना लाग्ने सम्भावना छ। पढाइमा मेहनत गर्दा अपेक्षित नतिजा नआउन सक्छ। प्रेममा अविश्वासले टाढा पार्ने सम्भावना छ। व्यापार वा व्यावसाय खस्किन सक्छ। आर्थिक घाटा देखिन सक्छ। परिवारसँग विवाद हुन सक्छ। यात्रा उचित नहुने योग छ। सामाजिक सहयोग सीमित हुनेछ। चुनौतीपूर्ण पक्ष भने मानसिक तनाव र असमझदारीले दिन बिग्रन सक्छ।
सिंहः आज समय शुभ छ। प्रतिस्पर्धी आफ्नो क्षमता देखेर पाखा लाग्नेछन्। स्वास्थ्य सुधार हुँदै जानेछ। पढाइ लेखाईमा उत्कृष्ट नतिजा प्राप्त हुनेछ। नयाँ व्यावसाय सुरु गर्दा लाभ मिल्नेछ। नोकरी वा पद प्राप्तिको योग छ। प्रेममा विश्वास र समझदारी कायम रहनेछ। परिवारसँग समय बिताउन सकिनेछ। यात्रा छोटो दूरीमा लाभदायक रहनेछ। चुनौतीपूर्ण पक्ष भने अहंकार वा ढिलाइले कार्यमा अवरोध ल्याउन सक्ने देखिन्छ।
कन्याः आज स्वास्थ्यमा खराबी आउनेछ। हतारबाजी वा जल्दबाजीले अनावश्यक झगडा बढाउन सक्छ। पढाइमा ध्यान कम पर्नेछ। काममा बाधा वा विरोधी सक्रिय रहन सक्छन्। मान र सम्मानमा केही चुनौती देखिनेछ। व्यापारमा लाभ अपेक्षित अनुसार नआउन सक्छ। आफ्ना कमजोरी लुकाउन खोज्दा आलोचना बढ्न सक्छ। परिवार वा साथीहरूसँग असहयोग देखिन सक्छ। प्रेम सम्बन्धमा टाढा वा अविश्वास बढ्ने सम्भावना छ।
तुलाः आज समय शुभ छ। राजनीति वा समाज सेवामा गरेको लगानीबाट उपलब्धि हासिल हुनेछ। व्यापार फस्टाउने योग छ। विलासी वस्तु उपभोग गर्ने अवसर प्राप्त हुनेछ। पढाईलेखाईमा उत्कृष्ट नतिजा मिल्नेछ। प्रेममा सामिप्यता र समझदारी बढ्नेछ। परिवारसँग समय बिताउने अवसर मिल्नेछ। सामाजिक क्षेत्रमा नयाँ अवसर प्राप्त हुनेछ। स्वास्थ्य सामान्य रहनेछ। यात्रा लाभदायक रहनेछ। चुनौतीपूर्ण पक्ष र अनावश्यक खर्चले घाटा पुर्याउन सक्छ।
वृश्चिकः आज स्वास्थ्य सबल रहनेछ। समय शुभ रहेको छ। उठ्नुपर्ने धन उठ्नेछ। गरेको परिश्रमको राम्रो लाभ पाइनेछ। मानसिक शान्ति र आरामको समय छ। जमिनसम्बन्धी वा नगद आधारित पेशाबाट लाभ मिल्नेछ। पुराना इष्टमित्र भेट्ने सम्भावना छ। आज चाहेको काम बन्नेछ। परिवारसँग सम्बन्ध सुममधुर रहनेछ। चुनौतीपूर्ण पक्ष भने अत्यधिक आत्मविश्वास वा अनावश्यक खर्चले दिन बिग्रिन सक्छ।
धनुः आज स्वास्थ्यमा चोटपटक वा अचानक समस्या आउन सक्छ। आफन्त वा कुटुम्बसँग व्यवहार गर्दा सतर्क रहनुपर्छ। काम बिग्रने र मनमुटाव हुने सम्भावना छ। समय मध्ययम भएकाले झगडा वा विवाद बढ्न सक्छ। प्रेममा अविश्वासले मन खिन्न हुनेछ। पारिवारिक वातावरण मधुर रहन सक्छ तर खानपानमा तालमेल बिग्रन सक्छ। पढाइमा अल्छी गर्दा पछि पर्न सकिन्छ। व्यापार वा लगानीमा सावधानी आवश्यक छ। यात्रा छोटो दूरीमा लाभदायक रहन सक्छ।
मकरः आज स्वास्थ्य सबल रहनेछ। समय शुभ रहेको छ। उठ्नुपर्ने धन उठ्नेछ। गरेको परिश्रमको राम्रो लाभ पाइनेछ। मानसिक शान्ति र आरामको समय छ। जमिनसम्बन्धी वा नगद आधारित पेशाबाट लाभ मिल्नेछ। पुराना इष्टमित्र भेट्ने सम्भावना छ। आज चाहेको काम बन्नेछ। परिवारसँग सम्बन्ध मधुर रहनेछ। चुनौतीपूर्ण पक्ष भने अत्यधिक आत्मविश्वास वा अनावश्यक खर्चले दिन बिग्रिन सक्छ।
कुम्भः आज समय खराब छ। आफन्तसँग विवाद हुने सम्भावना छ। मानसिक चञ्चलपनले पेशागत हानि पु¥याउन सक्छ। गर्न खोजेका काममा बाधा देखिन सक्छ। स्वास्थ्यले साथ नदिन सक्छ। आकस्मिक रोगले दुःख दिने सम्भावना छ। नयाँ काम सुरु गर्न वा टाढा यात्रा गर्न उचित छैन। आर्थिक पक्षमा घाटा देखिन सक्छ। सामाजिक सम्बन्धमा विवाद बढ्न सक्छ। चुनौतीपूर्ण पक्ष भने मानसिक तनाव, स्वास्थ्य र वित्तीय असफलता रहिरहनेछ।
मीनः आज समय मध्यम छ। आम्दानीभन्दा खर्च कम हुने सम्भावना छ। व्यापार वा शेयर बजारमा लगानी फस्टाउने योग छ। पैतृक सम्पति वा परिचालनबाट लाभ मिल्नेछ। राजनीति वा सेवा क्षेत्रमा विशेष सुविधा प्राप्त हुनेछ। पढाई लेखाईमा प्रगति हुनेछ। शिक्षा सम्बन्धि कामबाट नाफा मिल्नेछ। प्रेम सम्बन्धमा समझदारी र सामिप्यता बढ्नेछ। पारिवारिक वातावरण मधुर रहनेछ। चुनौतीपूर्ण पक्ष भने अनावश्यक खर्च र पेशागत तनाव रहिरहनेछ।
साइत (यात्रा): सूर्य मीन राशिमा, चन्द्रमा मिथुन राशिमा रहनेछ । त्यसैले पश्चिमबाहेक अन्य दिशाको यात्रा नगर्नुहोला । आज बिहीबार परेकाले दक्षिणतर्फको यात्रा गर्दै नगर्नुहोला । आज दक्षिण, पूर्व र उत्तरतर्फको यात्रा बाध्यताबश गर्नैपरेको छ भने धार्मिक उपाय अपनाएर शुभ बेलामा गर्दा राम्रो हुनेछ ।
शुभ लाभादि बेला (दिवा)
बिहान ६ः०१ बजेदेखि ७ः३३ बजेसम्म शुभ बेला
बिहान ७ः३३ बजेदेखि ९ः०५ बजेसम्म रोग बेला
बिहान ९ः०५ बजेदेखि १०ः३७ बजेसम्म उद्धेग बेला
बिहान १०ः३७ बजेदेखि १२ः०९ बजेसम्म चर बेला
मध्यान्हमा १२ः०९ बजेदेखि १ः४१ बजेसम्म लाभ बेला
दिनमा १ः४१ बजेदेखि ३ः१३ बजेसम्म अमृत बेला
दिनमा ३ः१३ बजेदेखि ४ः४५ बजेसम्म काल बेला
दिनमा ४ः४५ बजेदेखि ६ः१७ बजेसम्म शुभ बेला
शुभ लाभादि बेला (रात्रि)
साँझ ६ः१७ बजेदेखि ७ः४५ बजेसम्म रोग बेला
साँझ ७ः४५ बजेदेखि ९ः१३ बजेसम्म उद्धेग बेला
राति ९ः१३ बजेदेखि १०ः४१ बजेसम्म चर बेला
राति १०ः४१ बजेदेखि १२ः०९ बजेसम्म लाभ बेला
राति १२ः०९ बजेदेखि १ः३६ बजेसम्म अमृत बेला
राति १ः३६ बजेदेखि ३ः०९ बजेसम्म काल बेला
रातिमा ३ः०९ बजेदेखि ४ः३२ बजेसम्म शुभ बेला
रातिमा ४ः३२ बजेदेखि ०६ः०० बजेसम्म रोग बेला
यसमा चर भन्दा शुभ, शुभ भन्दा लाभ राम्रो, लाभ भन्दा अमृत सबैभन्दा राम्रो मानिन्छ । त्यसैले जे काम गर्दा पनि शुभ, लाभ र अमृत बेला पार्नुहोला ।
राहुकाल समयः दिनमा १ः३० देखि ३ः०० बजेसम्म राहुकाल अर्थात सबैभन्दा खराब समय रहनेछ । यो समय भित्र यात्रा, लेनदेन, ठूलो लगानी, नयाँ निर्णय केही पनि गर्नु परिणाम राम्रो हुँदैन ।
नोटः यो पञ्चांगको सूर्योदय, सूर्यास्त, तिथि, नक्षत्र, योग, करण आदिमा उल्लिखित समयादि काठमाडौं, नेपालको अक्षांश २७ः४२ उत्तर तथा देशान्तर ८५ः१८ पूर्व र नेपालको निर्धारित राष्ट्रिय समयलाई आधार मानी सूर्यसिद्धान्तको प्रयोग गरी गणना गरिएको हो, साथै राशिफल लेख्दा चन्द्रमाको दैनिक गति, चन्द्रमामा पर्ने शनि एवं बृहस्पतिको दृष्टि, वेदस्थान र विपरीत वेदस्थान समेतको गणना गरिएको छ ।





