Nidan Media

प्रतिनिधि सभाका ज्येष्ठ सदस्य अर्जुननरसिंह केसीद्वारा शपथ ग्रहण

काठमाडौँ । प्रतिनिधि सभाका ज्येष्ठ सदस्य अर्जुननरसिंह केसीले पद तथा गोपनीयताको शपथ ग्रहण गरेका छन्।

राष्ट्रपति रामचन्द्र पौडेल ले शीतल निवासमा आयोजित एक समारोहबीच केसीलाई शपथ खुवाएका हुन्।

कार्यक्रममा उपराष्ट्रपति रामसहायप्रसाद यादव, प्रधानन्यायाधीश प्रकाशमान सिंह राउत, राष्ट्रिय सभाका अध्यक्ष नारायणप्रसाद दाहाल, मन्त्रीहरू, सांसदहरू तथा उच्च पदस्थ कर्मचारीहरूको उपस्थिति रहेको थियो।

फागुन २१ गते सम्पन्न प्रतिनिधि सभा निर्वाचनमा नेपाली कांग्रेसका तर्फबाट समानुपातिक प्रणालीमार्फत केसी निर्वाचित भएका हुन्।

७८ वर्षीय केसी अब ज्येष्ठ सदस्यको हैसियतमा प्रतिनिधि सभाका अन्य सदस्यलाई शपथ गराउने जिम्मेवारीमा रहनेछन्।

राष्ट्रपतिबाट शपथ लिएका केसीले आगामी बिहीबार (चैत्र १२) प्रतिनिधि सभाका सदस्यहरूलाई शपथ ग्रहण गराउने कार्यक्रम रहेको छ। सभामुख चयन नभएसम्म प्रतिनिधि सभाको बैठकको अध्यक्षता समेत ज्येष्ठ सदस्यले नै गर्ने संवैधानिक व्यवस्था छ।

यसपटक प्रतिनिधि सभामा प्रत्यक्षतर्फ १६५ र समानुपातिकतर्फ ११० गरी कुल २७५ जना सांसद निर्वाचित भएका छन्।

सभामुख केसी आबद्ध दल कांग्रेसले प्रत्यक्षमा १८ र समानुपातिकमा २० सिट जितेको छ ।

 

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.