Nidan Media

कोलम्बियामा वायुसेनाको विमान दुर्घटना हुँदा कम्तीमा ६६ सैनिकको मृत्यु

काठमाडौँ। कोलम्बियामा वायुसेनाको एक सैन्य विमान दुर्घटनाग्रस्त हुँदा कम्तीमा ६६ सैनिकको मृत्यु भएको छ भने दर्जनौं घाइते भएका छन्। अधिकारीहरूले दक्षिणी पुटुमायो प्रान्तको प्युर्तो लेगुइजामो सहर नजिकै विमान दुर्घटनाग्रस्त भएको पुष्टि गरेका छन्।

विमानमा कुल ११४ सैनिक र ११ चालक दलका सदस्य सवार रहेका थिए। वायुसेना कमान्डर कार्लोस फर्नान्डो सिल्वा रुएडाले सबैको विवरण सार्वजनिक गर्दै उद्दार टोलीहरूले भग्नावशेषमा जीवित व्यक्तिको खोजी गरिरहेको जानकारी दिएका छन्।

दुर्घटनामा परेको विमान अमेरिकामा निर्मित सीऔ१३० हरक्युलस ट्रान्सपोर्ट विमान हो, जसको प्रयोग लामो समयदेखि सैनिकहरूको आहोर–दोहोरका लागि हुँदै आएको थियो।

अधिकारीहरूले दुर्घटना दौरान विमानमा आगो लागेको र सवार गोला–बारूद विष्फोट हुँदा क्षति बढेको जानकारी दिएका छन्।

कोलम्बियाका रक्षामन्त्री पेद्रो साञ्चेजले दुर्घटनालाई “देशका लागि अत्यन्त दुःखद” घटनाको रूपमा मूल्याङ्कन गर्दै, विमानमा सवार सैनिकहरूको सुरक्षा सुनिश्चित गर्न सरकार सक्दो प्रयासमा लागेको बताएका छन्।

उद्दारकर्मीहरूले अहिले विमानस्थल र आसपासको क्षेत्रमा खोजी कार्य जारी राखेका छन्। दुर्घटनाको कारण अझै स्पष्ट हुन सकेको छैन र अनुसन्धान चलिरहेको छ।

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.