Nidan Media

सुनको भाउ घट्यो, चाँदीको बढ्यो

काठमाठौँ । नेपाली बजारमा मंगलबार सुनको मूल्य घट्दा चाँदीको बढेको छ । सोमबारको तुलनामा मंगलबार सुनको भाउ तोलामा एक हजार छ सय घट्दा चाँदीको ८० रुपैयाँ बढेको हो ।

मूल्य घटेसँगै मंगलबार छापावाला सुनको भाउ प्रतितोला दुई लाख ७३ हजार नौ सय रुपैया कायम भएको नेपाल सुनचाँदी रत्न तथा आभूषण महासंघले जनाएको छ ।

यसअघि सोमबार सुनको भाउ प्रतितोला दुई लाख ७५ हजार पाँच सय रुपैयाँ रहेको थियो ।

यता, सोमबार प्रतितोला चार हजार चार सय २५ रुपैयाँमा कारोबार भएको असली चाँदीको भाउ मंगलबार बढेर चार हजार पाँच सय पाँच रुपैयाँ कायम भएको महासंघले जनाएको छ।

सुनचाँदीको मूल्य हालसम्मकै उच्च गत माघ १५ गते भएको थियो । माघ १५ गते सुन प्रतितोला तीन लाख ३९ हजार तीन सय र चाँदी सात हजार पाँच सय पाँच रुपैयाँमा कारोबार भएको थियो ।

बजार विश्लेषकहरूले अन्तर्राष्ट्रिय बजारमा आएको उतारचढाव तथा माग–आपूर्तिको अवस्थाले स्थानीय बजारमा मूल्य घटबढ हुने गरेको बताएका छन् ।

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.