Nidan Media

खाँडादेवीमा यात्रुवाहक सुमो दुर्घटना, गम्भीर घाइते तीन जनालाई काठमाडौँ पठाइयो

रामेछाप। रामेछापको खाँडादेवी गाउँपालिका-६ माकादुममा सोमबार बिहान एक यात्रुवाहक सुमो दुर्घटनामा परेको छ।

खाँडादेवी-७ टिमुबाट यात्रु लिएर काठमाडौँतर्फ जाँदै गरेको बा.प्र. ०८-००१ ज ०२२४ नम्बरको सुमो दुर्घटनाग्रस्त भएको हो। दुर्घटनामा चालकसहित कुल ६ जना घाइते भएका छन् ।

घाइतेमध्ये तीन जनाको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ ।

गम्भीर घाइते भएका अन्दाजी ६० वर्षीया ठूली तामाङ, अन्दाजी ४५ वर्षीया रीता तामाङ र अन्दाजी ४८ वर्षीया सुनमाया तामाङलाई थप उपचारका लागि तत्काल काठमाडौँ पठाइएको छ ।

अन्दाजी २५ वर्षीय चालक किशोर कार्कीलाई प्रहरीले नियन्त्रणमा लिई घटनाबारे अनुसन्धान शुरू गरेको जनाएको छ ।

दुर्घटनाको कारणबारे थप विवरण आउन बाँकी रहेको प्रहरीले जनाएको छ ।

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.