काठमाडौँ । नेपाली बजारमा सोमबार सुनचाँदीको मूल्य घटेको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्यमा छ हजार पाँच सय रुपैयाले घटेर दुई लाख ७५ हजार पाँच सय रुपैयँमा कारोबार भएको छ ।
आइतबार सुनको मूल्य २ लाख ८२ हजार रुपैयाँमा कारोबार भएको थियो ।
यसैगरी, सोमबार चाँदीको मूल्य पनि घटेको छ ।
आइतबार चाँदी प्रतितोला चार हजार चार सय २५ रुपैयमा कारोबार भएको छ ।
आइबार चाँदीको मूल्य चार हजार पाँच सय ४० रुपैयाँमा कारोबार भएको थियो ।




