Nidan Media

सुन-चाँदीको मूल्यमा भारी गिरावट, कतिमा हुँदैछ कारोबार ?

काठमाडौँ। साताको अन्तिम दिन शुक्रबार पनि नेपाली बजारमा सुनचाँदीको मूल्यमा भारी गिरावट आएको छ ।

बिहीबारको तुलनामा शुक्रबार सुनको भाउ तोलामा सात हजार आठ सय रुपैयाँले घटेर प्रतितोला दुई लाख ९४ हजार पाँच सय रुपैयाँ कायम भएको नेपाल सुनचाँदी रत्न तथा आभूषण महासंघले जनाएको छ।

यसअघि बिहीबार सुन प्रतितोला तीन लाख दुई हजार तीन सय रुपैयाँमा कारोबार भएको थियो ।

यता शुक्रबार असली चाँदी तोलामा एक सय १५ रुपैयाँले घटेर प्रतितोला चार हजार आठ सय ९५ रुपैयाँ निर्धारण गरिएको महासंघले जनाएको छ ।

अघिल्लो दिन चाँदी प्रतितोला पाँच हजार १० रुपैयाँ कारोबार भएको थियो ।

यसअघि गत माघ १५ गते सुनचाँदीको मूल्य हालसम्मकै उच्च बिन्दुमा पुगेको थियो ।

सो दिन सुन प्रतितोला तीन लाख ३९ हजार तीन सय र चाँदी सात हजार पाँच सय पाँच रुपैयाँ पुगेको थियो ।

उच्च विन्दुसँग तुलना गर्दा हालसम्म सुनको मूल्य तोलामा करिब ४५ हजार रुपैयाँले घटिसकेको देखिन्छ ।

बजार विश्लेषकहरूले अन्तर्राष्ट्रिय बजारमा आएको उतारचढाव तथा माग-आपूर्तिको अवस्थाले स्थानीय बजारमा मूल्य घटबढ हुने गरेको बताएका छन् ।

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.