सुनसरी। सुनसरीमा सवारी दुर्घटना हुँदा एक जनाको ज्यान गएको छ भने एक जना घाइते भएका छन् ।
मृत्यु हुनेमा रामधुनी नगरपालिका वडा नं ३ का ६२ वर्षीय विष्णुप्रसाद खतिवडा छन् ।
दुर्घटनामा इटहरी उपमहानगरपालिका वडा नं १८ नयाँटोलका ३५ वर्षीय देवराज बुढाथोकी घाइते भएका छन् । उनको विराटनगरमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।
जिल्ला प्रहरी कार्यालय सुनसरीका प्रहरी नायब उपरीक्षक चन्द्रबहादुर खड्काका अनुसार तरकारी बोकेको नम्बर नखुलेको पिकअप गाडीले पैदलयात्री र साइकलयात्रीलाई ठक्कर दिँदा खतिवडाको मृत्यु भएको हो ।
पूर्व–पश्चिम राजमार्गअन्तर्गत रामधुनी नगरपालिका-५ स्थित लगुना मोडमा पूर्वबाट पश्चिमतर्फ जाँदै गरेको पिकअप गाडीले ठक्कर दिएको हो ।
दुर्घटनापछि गाडी र चालक फरार छन् । उनीहरूको खोजी कार्य जारी रहेको प्रहरीले जनाएको छ ।



