Nidan Media

इजरायली हवाई आक्रमणमा १६ जनाको मृत्यु

काठमाडौँ । दक्षिणी लेबनानमा भएको इजरायली हवाई आक्रमणमा तीन जना लेबनानी सैनिकसहित १६ जनाको मृत्यु भएको छ ।

सिडोन जिल्लाको अरब अलजाल क्षेत्रमा स्थानीयवासीले ध्वस्त बनेका आवासीय भवनका भग्नावशेष हटाउँदै उद्धार कार्य गरिरहेका छन् ।

लेबनानी आधिकारिक स्रोतका अनुसार आक्रमणमा अन्य धेरै व्यक्ति घाइते भएका छन् र उनीहरूको उपचार भइरहेको छ ।

पछिल्लो समय दक्षिणी लेबनानका विभिन्न क्षेत्रमा बढ्दो तनावका बीच यो आक्रमण भएको जनाइएको छ ।

यस्तै, लेबनानस्थित हिजबुल्लाह समूहले खियाम नजिक इजरायली सेनाको जमघटलाई लक्षित गरी रकेट प्रहार गरेको दाबी गरेको छ ।

साथै उत्तरी इजरायलको नहारिया क्षेत्रमा पनि भारी गोलाबारी गरिएको उल्लेख गरिएको छ ।

समूहले मारौन अल–रास आसपासका स्थानहरूमा ड्रोन आक्रमणसमेत गरेको जनाएको छ ।

क्षेत्रीय तनाव बढ्दै जाँदा दुवै पक्षबीच झडपका घटनाहरू तीव्र बन्दै गएको बताइएको छ ।

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.