Nidan Media

चैते दशैँको नवरात्र आजदेखि शुरू

काठमाडौँ । चैत्रशुक्ल प्रतिपदाका अवसरमा चैते दशैँको नवरात्र आजदेखि शुरू भएको छ ।

चैत्र नवरात्रका अवसरमा आज हनुमानढोका दरबारमा घटस्थापना गरी विधिपूर्वक नवदुर्गा देवीको पूजाआराधना गरिँदै छ ।

नवरात्रको घटस्थापनाका लागि आज बिहान ७ः५१ बजेको साइत उत्तम रहेको थियो । आज उत्तर फर्केर घटस्थापना गर्नुपर्ने साइत रहेको थियो ।

यस अवसरमा देशभरका देवी मन्दिर एवं शक्तिपीठमा पनि पूजाआराधना एवं उपासनाका लागि भक्तजनको लाम लाग्ने गर्छ ।

शास्त्रीय नियमअनुसार वर्षमा चारवटा नवरात्र पर्ने गरेका छन् ।

आषाढशुक्ल पक्ष, आश्विन शुक्ल पक्ष, पौषशुक्ल पक्ष र माघशुक्ल पक्ष गरी वर्षमा चार नवरात्र मनाउने गरिएको हो ।

नेपाली परम्परामा आषाढ र पौष शुक्ल पक्षको नवरात्रलाई लुप्त नवरात्र पनि भनिन्छ ।

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.