Nidan Media

कांग्रेस सभापति गगन थापाले दिए राजीनामा

काठमाडौं । नेपाली कांग्रेसका सभापति गगन थापाले राजीनामा दिएका छन् । केन्द्रीय कार्यसमिति बैठकको मिति तय भएलगत्तै सभापति थापाले उपसभापति विश्वप्रकाश शर्मालाई राजीनामा बुझाएका हुन् । तर, उनको राजीनामा पार्टीले सार्वजनिक गरेको छैन ।

गत फागुन २१ गते भएको प्रतिनिधिसभा निर्वाचनमा आफू र पार्टीले नमीठो हार ब्यहोरेपछि उनलाई नैतिक दवाव परेको थियो ।

पार्टीभित्रैबाट केहीले हारको जिम्मा लिनुपर्नेमा जोड दिँदै आएका थिए । साथै केहीले भने राजीनामा नदिइ नियमित महाधिवेशन आह्वान गर्नुपर्ने सुझाव दिएका थिए।

यस पटकको निर्वाचनमा लज्जास्पद हार ब्यहोरेको कांग्रेसले प्रत्यक्षमा १८ र समानुपातिकमा २० गरी ३८ सिट मात्र जितेको छ।

थापा विशेष महाधिवेशनबाट सर्वसम्मत सभापति चुनिएका थिए ।

थापाले दिएको राजीनामाबारे छलफल गर्न शुक्रबार केन्द्रीय कार्यसमिति बैठक बोलाइएको छ ।

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.