काठमाडौँ । हाल देशमा पश्चिमी न्यूनचापीय प्रणाली र स्थानीय वायुको आंशिक प्रभाव रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। यसका कारण आज देशका विभिन्न भागमा मौसममा बदली भई हल्का वर्षा र हिमपात हुन सक्ने छ ।
महाशाखाका अनुसार आज दिउँसो देशका हिमाली भूभागमा साधारणतया बादल लाग्नेछ भने पहाडी र तराईका क्षेत्रमा आंशिक बादल लाग्ने देखिन्छ।
विशेषगरी कोशी, गण्डकी र कर्णाली प्रदेशका हिमाली भागका एक-दुई स्थानमा मेघगर्जन र चट्याङसहित हल्का वर्षा हुनुका साथै हिमपातको समेत सम्भावना रहेको छ।
त्यसैगरी, आज राति लुम्बिनी, कर्णाली, सुदूरपश्चिम र गण्डकी प्रदेशका पहाडी तथा हिमाली भेगमा साधारणतया बादल लाग्नेछ।
गण्डकी, बागमती र कोशी प्रदेशका केही भागमा आंशिक बादल लागे पनि बाँकी भूभागमा भने मौसम मुख्यतया सफा रहने महाशाखाले जनाएको छ ।
सुदूरपश्चिम प्रदेशको पहाडी र हिमाली भू-भागका केही स्थानमा रातिको समयमा पनि मेघगर्जन र चट्याङसहित हल्का वर्षा र हिमपात हुन सक्ने पूर्वानुमान गरिएको छ।




