Nidan Media

रास्वपाले सार्वजनिक गर्यो ५७ समानुपातिक सांसदको नाम, को-को हुन् ?

काठमाडौँ। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले समानुपातिकतर्फबाट सांसदको टुंगो लगाएको छ ।

आइतबार बसेको रास्वपाको सचिवालय बैठकले नाम टुंगो लगाएर निर्वाचन आयोगमा सिफारिस गरे पनि सार्वजनिक गरेको थिएन ।

रास्वपाले समानुपातिकतर्फको सांसदको नाम सार्वजनिक गरेको छ । रास्वपाले विभिन्न कलस्टरबाट ४८ महिला र नौ जना पुरुष गरी ५७ जनाको नाम सार्वजनिक गरेको छ ।

खसआर्य महिलातर्फबाट प्रतिभा रावल, रचना खतिवडा खत्री, लीमा अधिकारी आचार्य, विदूषी राणा, समीक्षा बास्कोटा, श्रद्धा कुँवर क्षेत्री, टीका संग्रौला, क्रान्तिशिखा धिताल छन् ।

यस्तै, आकृति अवस्थी, सृष्टि भट्टराई, मञ्जु भुषाल, प्रभा कार्की,शोभा खनाल,रत्नाकुमारी थापा,ज्ञानु पौडेल र प्रभाव ढकाल गरी १६ जना रहेका छन् । खसआर्य पुरुषबाट रमेश प्रसाईं छन् ।

थारु महिलाबाट गीता चौधरी र करिश्मा कठरिया तथा पुरुषबाट सुरेन्द्र चौधरी र प्रेमलाल चौधरी छन् ।

मधेसी महिलाबाट पुनमकुमारी अग्रवाल, नीषा मेहता, ललिताकुमारी, अंकीता ठाकुर, सरिता महतो, कामिनी कुमारी र सुनिताकुमारी चौधरी छन् भने पुरुषबाट पुरुषोत्तम शुप्रभात यादव र खगेन्द्र कर्ण छन्

मुस्लिम महिलाबाट समिना मियाँ, अफ्सना बानु र गजाला शमीम मिकरानी छन् ।

दलित महिलाबाट रीमा विश्वकर्मा, अमृता विक, सीता बादी, स्मृति सेन्चुरी, सुश्मा स्वर्णकार (डिम्पल), तारा विश्वकर्मा र खीमा विक छन् भने पुरुषबाट प्रकाशचन्द्र दर्जी छन् ।

आदिवासी जनजातितर्फ बसुमाया तामाङ, गंगा छन्त्याल, सुम्निमा उदास, अनुष्का श्रेष्ठ, ओजश्वी शेरचन, सिर्जना श्रेष्ठ, रजनी श्रेष्ठ, कुशुम महर्जन, भूमिका श्रेष्ठ, प्रमिला कुलूजु, सुजाता तामाङ, कृपा महर्जन, एलिजा गुरुङ छन् भने आदिवासी जनजाति पुरुषबाट राम लामा, खुश्बुसरकार श्रेष्ठ र मिङमा ग्याबु शेर्पा छन् ।

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.