काठमाडौँ। नेपाली बजारमा शुक्रबार सुनको मूल्य घटेको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार शुक्रबार सुनको मूल्य दुई हजार ८०० रुपैयाँले घटेर प्रतितोला तीन लाख १४ हजार २०० रुपैयाँ कायम रहेको छ ।
बिहीबार सुनको मूल्य तीन लाख १७ हजार रुपैयाँमा कारोबार भएको थियो ।
यस्तै, चाँदीको मूल्य पनि घटेको छ ।
शुक्रबार चाँदी २० रुपैयाँले घटेर प्रतितोला पाँच हजार ४९५ रुपैयाँमा कारोबार भइरहेको छ ।
बिहीबार चाँदी प्रतितोला पाँच हजार ५१५ रुपैयाँ रहेको थियो ।



